Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

सुन्दरादेवी सन्देशको सातौं वार्षिकोत्सव

Monday, November 5, 2018 National Power

१९ कार्तिक, नुवाकोट – नुवाकोटबाट प्रकाशित हुँदै आएको साप्ताहिक पत्रिका सुन्दरादेवी सन्देशले आफ्नो सातौ वर्षगाठ विविध कार्यक्रमगरी मनाएको छ । सुन्दरादेवी सन्देशले सातौ बार्षिक उत्सव तथा सुन्दरादेवीन्यूज डटकम अनलाइनको विदुरमा शुभारम्भ गर्दै साङ्गीतिक कार्यक्रम सहित आफ्नो सातौ वर्षगाठ मनाएको हो ।

कलाकार, समाजसेवी तथा पत्रकारहरुलाई सम्मान समेत गरिएको कार्यक्रममा पूर्व मन्त्री तथा नेपाली काँग्रेसका नेता अजुर्ननर सिंह केसीले सुन्दरादेवी सन्देश साप्ताहिकलाई शुभकामना तथा बधाई दिँदै पत्रकारिता पेशामा इमान्दार र निष्पक्षताको अभाव भएकाले पेशाप्रति जिम्मेवार बन्न आग्रह गरे ।

त्यस्तै नेपाली काँग्रेसका जिल्ला सभापति जगदिश्वर नरसिंह केसी, युवा नेता रमेशकुमार महतलगायतले सुन्दरादेवी सन्देश जिल्लाका अन्य सञ्चारमाध्यमको भूमिका सकारात्मक रहदै आएकाले आगामि दिनमा थप जिम्मेवार र प्रभावकारी बनाएर लोकहितको पक्षमा क्रियाशिल हुनुपर्ने सुझाब दिएका थिए ।

सुन्दरादेवी सन्देशका अध्यक्ष शशी अधिकारी र प्रकाशक किरण अधिकारीले नुवाकोट र आसपासको स्थानलाई केन्द्र समाजिक तथा रङ्ग विषयवस्तुलाई केन्द्रबिन्दु बनाएर सञ्चालनमा रहेको पत्रिकालाई क्रमशः प्रदेस नं। ३ को सबै स्थानमा पुर्याउन आफूहरु लागि परेको भन्दै अब सुन्दरादेवी न्यूज डटकम मार्फत सबै बिधाका समाचारलाई समावेश गरी संसारका हरेक ठाउँमा भएका नेपाली भाषीबीच पुग्ने लक्ष्य लिएको बताए ।

समारोहमा काठमाडौंबाट गएका पछिल्लो समयका चर्चित गायक डेभिट शंकरले साङ्गीतिक प्रस्तुति दिएका थिए भने रोमा न्यौपाने, जय देबकोटा, मुस्कान सिंह र राज न्यौपाने आ–आफ्ना प्रस्तुति पेस गरेका थिए । त्यस्तै नायिका तथा गायिका सारिका घिमिरे, गायक सिमान्त सन्तोषलगायत अन्य कलाकारहरुको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।

उक्त अवसरमा नाट्यश्वर म्युजिक अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्बजनिक पनि गरिएको थियो । मोफसलबाट प्रकाशित हुँदै आफूलाई अग्रस्थानमा राख्दै आएको सुन्दरादेवी सन्देश साप्ताहिको यो सातौ वर्षगाठमा मिलापको तर्फबाट पनि हार्दिक बधाई तथा शुभकामना । आउँदा दिनहरुमा पत्रिकाको ओज अझैँ बढदै जाओस् ।