Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

निजामती कर्मचारी अस्पतालको युनियन अध्यक्षमा सन्तोष धिमाल

Thursday, October 11, 2018 National Power

२५ ,असोज – काभ्रे सिभिल अस्पतालमा दशै , तिहारको शुभकामना आदान–प्रदान कार्यक्रमको अवसरमा कर्मचारीहरुको आधिकारिक संगठन ‘निजामती कर्मचारी अस्पताल कर्मचारी संघ’ स्थापना भएको घोषणा गरिएको  छ।  सिभिल अस्पतालमा खोलिएको कर्मचारी संगठनमा सन्तोष धिमाल अध्यक्ष, विमला पौडेल उपाध्यक्ष, विनोद पोखरेल सचिव, अनिता भट्टराई कोषाध्यक्ष, रोशनी महर्जन सहसचिव, सदस्यहरुमा सपना पोखरेल, सरोज श्रेष्ठ, दिनेश पन्त, अमेन्द्र अधिकारी, मिना श्रेष्ठ र सुनिता महर्जन रहेका छन् ।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनका सचिव दिल पौडेललाई प्रमुख अतिथि बनाइएको थियो । कार्यक्रममा बोल्दै पौडेलले भने,‘निजामती कर्मचारीका कुनै पनि समस्या भए हामी छौं तर तपाईहरु अस्पतालको गुणस्तरिय सेवा दिन दिनरात तल्लिन हुनुस् ।

त्यसैगरी, कार्यक्रमका विशेष अतिथि बालरोग विशेषज्ञ रामेश्वरमान श्रेष्ठले कर्मचारी यूनियन सेवाग्राहीलाई उच्चस्तरिय सेवा दिन र कर्मचारी हकहितका लागि मात्र सिमित हुनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा अधिकांश कर्मचारीहरु, चिकित्सक, नर्स तथा अन्य कर्मचारीहरुको उपस्थिति थियो ।

अस्पताल स्थापना भएको १० बर्षपछि पहिलो पटक कर्मचारीहरुको हकहितका लागि कर्मचारी यूनियन खोलिएपछि सबैमा खुसीयाली छाएको छ ।