Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

ढिला आएको भन्दै शिक्षकले विद्यार्थीको कान फुटाइदिए यस्तो शिक्षकलाई तपाइ के भन्नु हुन्छ

Wednesday, September 19, 2018 National Power

३ असोज, चितवन । नवलपुरको बुलिङ्टार ६ अत्रौलीस्थित शिव माध्यामिक विद्यालयका प्रध्यानाध्यापकले कुटेर विद्यार्थीको कान नै फुटाइदिएका छन् । निर्धारित समयभन्दा विद्यालयमा १५ मिनेट ढिला आएको भन्दै प्रध्यानाध्यापक ओमकुमार श्रेष्ठले कक्षा १० मा अध्ययनरत खुमान सार्की नेपालीलाई कुटपिट गरेका हुन् ।

घाइते खुमानको कानबाट रगत बगिरहेको छ ।उनको कानभित्र भएको क्षतीका बारेमा चेकजाँच भैरहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । प्रध्यानाध्यापक श्रेष्ठले प्रार्थन चलिरहेका बेला खुमानसहित १० जना विद्यार्थीलाई लाइन लगाएर कुटेका थिए । घाइते विद्यार्थी खुमानको पुरानो मेडिकल कलेज भरतपुर उपचार भैरहेको छ ।

यसअघि पनि उनले विद्यार्थीहरुलाई नियमित पिट्दै आएको पीडित विद्यार्थीहरुको भनाइ छ । शिक्षक ओमकुमार श्रेष्ठविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपुरमा किटानी जाहेरी दिने तयारी गरेको पीडित बालकका वुवा वीरबहादुर सार्कीले बताए । विद्यालय प्रधानाध्यापक श्रेष्ठले पनि विद्यार्थीहरु नियमित रुपमा ढिला आउन थालेपछि कुटेको स्वीकार गरेका छन् । विद्यार्थीहरुलाई गालामा पिट्दा खुमानलाई कानमा लागेर रगत आएको हुन सक्ने उनले बताए । प्रध्यानाध्यापक श्रेष्ठले खुमानको उपचारमा लाग्ने सबै रकम आफूले व्यहोर्ने बताए । तर, विद्यार्थीको कानमा पहिले नै समस्या भएकोले रगत आएको उनको दावी छ ।