Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

अनुमति बिनै सरकारले किन टाँग्यो तस्बिर

Friday, August 31, 2018 National Power

बिमस्टेक सम्मेलनमा आउने पाहुनालाई देखाउन ठाउँ ठाउँमा राखिएका ब्यानरमा प्रयोग भएका तस्बिर फोटो पत्रकारको अनुमतिबिनै प्रिन्ट गरेर टाँगेको समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

आफूले खिचेको फोटो अनुमति बिनै सडक छेवैको ब्यानरमा टाँसेको देखेपछि फोटो पत्रकारले त्यसबारे गुनासो गरेका छन् ।

उनीहरुले आफूले दुख गरेर खिचेको फोटो सरकारी निकायले अनुमतिबिनै प्रयोग गरेको आरोप लगाएका छन्

तीनकुने पार्कको वरिपरि केही कुमारीका तस्बिर राखिएका छन् । ती तस्बिर मैले खिचेको हुँ ।फोटो पत्रकार स्कन्द गौतमले ट्विटमा लेखेका छन् । त्यो फोटो ब्यानरमा अचानक देख्दा छक्क परेँ ।

अर्का फोटोग्राफर सुदन दोङले पनि आफूले खिचेको फोटो अनुमतिबिनै प्रयोग गरेको गुनासो गरेका छन् । उनले भने, ुप्रयोग गर्दा एकपल्ट सोधेको भए राम्रो हुने थियो, सरकारी निकाय हो भन्दैमा व्यक्तिगत सम्पत्ति चोर्न पाइन्न, त्यो फोटोमा मेरो पूर्ण हक छ ।

त्यस्तै दिपेश श्रेष्ठले खिचेको गोसाइकुण्डको फोटो तथा केशव थोकर र चन्द्रशेखर कार्कीको फोटो पनि अनुमति वेगर फ्लेक्स ब्यानरमा प्रयोग भएको छ ।