Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

पहिला नम्वर सुन लीएर आइन् सहिमा ।

Thursday, July 26, 2018 National Power

काठमाडैं – हरेक वर्ष तीजका अवसरमा आफ्नो सांगीतिक कोसेली लिएर आउने गरेकी गायिका सहिमा श्रेष्ठले यस पटक पनि पहिला नम्बर सुन बोलको तीज गीत लिएर आएकी छिन् ।

मौलिक एवं सांस्कृतिक पर्वको रुपमा परिचित तीजको अवसरमा उनले लीएर आएको तीज गीत पहिला नम्बर सुन उनले यहि बिहिबार युट्यूव मार्फत रिलिज गरेकी छिन् । वरिष्ठ पत्रकार एवं गीतकार शान्तिप्रियको शब्द रहेको छ भने युवा संगीतकार सन्तोष श्रेष्ठले यस गीतको लय/संगीत तयार पारेका छन् । गीतको एरेञ्ज कृष्ण पुनले गरेका हुन् भने गीत प्रिज्म रेकर्डीङमा रेकर्डीङ गरिएको हो ।


गीतको आकर्षक भिडियो तयार पारिएको छ । भिडियोको छायांकन वरिष्ठ छायांकार शिव ढकालले गरेका छन् भने सम्पादन विष्णु शर्माको रहेको छ । गीतको कोरीयोग्राफी तथा निर्देशन अभिनेत्री पवित्रा आचार्यले गरेकी हुन् ।
गीतमा मौलीक लय/संगीतको साथै मौलीक शब्दहरु प्रयोग गरिएको छ ।

आकर्षक भिडियोमा अभिनेत्री खुश्वु खड्का तथा गायिका स्वयम् सहिमा श्रेष्ठलाई फिचरीङ गरिएको छ । गीत वीणा म्यूजिकले बजारमा ल्याएको हो ।