Thursday 17th April 2025

    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न    सुमित्राले चुमिन एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५को ताज    फिल्म हलमा ‘पीताम्बर’ र ‘कर्मा’    गायिका सुजाता केसीको आवाजमा ‘मेरो बोली सुन्दा– २’, प्रेमिल भावनाले भरिएको नयाँ गीत सार्वजनिक    साँगे अभियानले सामाखुशी साउथ वेष्टर्न कलेजमा ३० गते चियापान तथा शुभकामना कार्यक्रम गर्ने

कात्तिकेदेउरालि र भुम्लु गाउँपालिकमा पानीको चरम अभाब

Wednesday, July 25, 2018 National Power

९ साउन , काभ्रे /अरबिन्द्र गौतम – भुम्लु गाँउपालिका काभ्रेपलान्चोक र चौरिदेउराली गाउँपालिकामा पानीको चरम अभाब भएपछि अधिकाश भुकम्प पीडितहरुले अझै घर बनाउन सकेका छैनन ।अलि अलि भएका मुहान पनि भुकम्पका कारण सुकेपछी अधिकाश पीडितहरु अझैपनि टहरामा गुजारा गर्न बाध्य हुदै आएको बताउँछन। खानेपानीको लागि दिन बिताउनपर्दा उनीहरुले पुनर्निर्माणको कामलाई तिब्रता दिन नसकेका हुन । अधिकासले डिपिसी गरेका भएपनि पानी अभाव कै कारण पूरा गर्न सकेका छैनन । चौरिदेउराली गाउँपालिका कात्तिके देउराली , पाडेघरेकी बुद्धमाया परियारको दैनिकी खानेपानीको ब्यबस्थापन गर्दैमा बित्ने गर्छ ।पानीको जोहो जर्दै उनिको दैनिकी जन्छ ।

एक बर्षभित्रमा सबैघरमा खानेपानी

चौरिदेउराली गाउँपालिकाले आव २०७५/०७६मा प्रत्येक नागरिकको घरदैलोमा स्वच्छ खानेपानी पुर्याउने लक्ष्य लिएको छ। गाउँपालिका अध्यक्ष दिनानाथ गौतमले एक बर्षभित्रमा प्रत्येक घरधुरीमा खानेपानी पुर्याउने गरि कार्यक्रम गर्न लागेको बताए । चौरी देउरालीको पहिलो प्राथमिकता नै खानेपानी रहेको बताए ।