Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

एकै दिनमा ट्रम्पले कुरा फेरे, भने– गुप्तचरको निष्कर्ष स्वीकार्छु

Wednesday, July 18, 2018 National Power

२ साउन, काठमाडौं -सन् २०१६ मा भएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा रुसले हस्तक्षेप नगरेको बताउँदै आइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुरा फेरेका छन् । उनले एक कदमअघि बढेर गुप्तचर निकायहरुले निकालेको निष्कर्ष स्वीकार्ने समेत बताए ।

ट्रम्पले गत सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुनिटसँगको भेटपछि रुसले अमेरिकी राष्ट्रपतीय चुनावमा हस्तक्षेप नगरेको अभिव्यक्ति दिएका थिए । त्यसअघि पनि उनले गुप्तचर निकायको रिपोर्टमा असहमति जायर गर्दै आएका थिए । तर ट्रम्पले त्यसको १ दिनपछि नै नाटकीय ढंगले आफ्ना अभिव्यक्ति बदलेका छन् । ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने अमेरिकी गुप्तचर निकायहरूको निष्कर्ष स्वीकारेका छन् ।

सोमवार प्रस्ट रुपमा आफ्ना कुरा राख्न नसक्दा गलत सन्देश प्रवाह भएको ट्रम्पको भनाइ छ । उनको अभिव्यक्तिलाई लिएर आलोचना भइरहेका बेला ट्रम्पले भनेका छन्– अमेरिकी चुनावमा रुसले हस्तक्षेप गर्नुपर्ने कारण आफूले नदेखेको भन्न खोजेको हुँ ।’ उनले अगाडि थपेका छन्– मैले भन्नु पथ्र्यो कि चुनावमा हस्तक्षेप गर्नेमा रुस किन हुनसक्दैन रु तर प्रष्ट रूपमा आफ्ना कुरा राख्न सकिनँ ।