Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

आईपीएलमा सन्दीपको शानदार प्रदर्शन

Monday, May 21, 2018 National Power

७  जेठ, काठमाडौं – नेपाली खेलाडी सन्दिप लामिछानेले आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सविरुद्धको खेलमा ३ विकेट लिएका छन् । दिल्ली डेयर डेभिल्सबाट ४ ओभर बलिङ गरेका उनले ३६ रन खर्चिएर ३ विकेट लिए ।

१७५ रनको लक्ष्य पछ्याएको मुम्बईविरुद्ध पहिलो ओभरमा नै बलिङ गर्न आएका उनले सूर्यकुमार यादवलाई आउट गरेका थिए । १० औं ओभरमा आफ्नो व्यक्तिगत दोस्रो ओभर बलिङमा आएका उनले पहिलो बलमा किरोन पोलार्ड र तेस्रो बलमा क्रुनाल पाण्डेयलाई आउट गरेका हुन् ।

यसअघि लामो समय बेन्चमै रहेका सन्दिपलाई दिल्लीले ३ वटा खेलमा अवसर दिएको थियो । उनले पहिलो र दोस्रो खेलमा १/१ विकेट लिएका थिए ।आइतबार सन्दिप लामिछाने चम्किएको खेलमा दिल्लीले मुम्बई इण्डियन्सलाई ११ रनले हराएको छ । यो हारसँगै मुम्बई प्ले अफमा पुग्न असफल रहृयो ।