Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

आईपीएलमा सन्दीपको शानदार प्रदर्शन

Monday, May 21, 2018 National Power

७  जेठ, काठमाडौं – नेपाली खेलाडी सन्दिप लामिछानेले आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सविरुद्धको खेलमा ३ विकेट लिएका छन् । दिल्ली डेयर डेभिल्सबाट ४ ओभर बलिङ गरेका उनले ३६ रन खर्चिएर ३ विकेट लिए ।

१७५ रनको लक्ष्य पछ्याएको मुम्बईविरुद्ध पहिलो ओभरमा नै बलिङ गर्न आएका उनले सूर्यकुमार यादवलाई आउट गरेका थिए । १० औं ओभरमा आफ्नो व्यक्तिगत दोस्रो ओभर बलिङमा आएका उनले पहिलो बलमा किरोन पोलार्ड र तेस्रो बलमा क्रुनाल पाण्डेयलाई आउट गरेका हुन् ।

यसअघि लामो समय बेन्चमै रहेका सन्दिपलाई दिल्लीले ३ वटा खेलमा अवसर दिएको थियो । उनले पहिलो र दोस्रो खेलमा १/१ विकेट लिएका थिए ।आइतबार सन्दिप लामिछाने चम्किएको खेलमा दिल्लीले मुम्बई इण्डियन्सलाई ११ रनले हराएको छ । यो हारसँगै मुम्बई प्ले अफमा पुग्न असफल रहृयो ।