Thursday 5th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

प्रचण्डले पार्टी चलाउन नसकेर एमालेमा विलय गराएः बाबुराम

Saturday, May 19, 2018 National Power

५ जेठ, पोखरा – नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा। बाबुराम भट्टराईले माओवादी चलाउन नसकेर प्रचण्डले पार्टीलाई एमालेमा विलय गराएको आरोप लगाएका छन् । सत्ता र स्वार्थ मिलेर एमाले र माओवादीबीच एकता भएको भन्दै उनले एकता धेरै नटिक्ने टिप्पणी गरे ।

शनिबार बिहान पोखरामा आयोजित भेटघाट कार्यक्रममा डा। भट्टराईले भने– जसरी बैंक कमजोर भएपछि मर्ज हुन्छ, त्यसैगरी दुई पार्टीबीच मर्ज भएको हो । एकीकृत पार्टी सधैंभरि यही साइजमा रहँदैन ।’

‘यो मर्जरले ५ वर्ष त लैजाला तर त्यसपछि भन्न सकिँदैन,’ उनले भने । प्रचण्डले माओवादी आन्दोलनको सम्पूर्ण इतिहास, त्याग र बलिदान भुलेर सत्ताको स्वार्थमा लागेको आरोप भट्टराईले लगाए । नवगठित नेपाल कम्युनिस्ट ९नेकपा० ले देशको आवश्यकता पूर्ति गर्न नसक्ने ठोकुवा भट्टराईले गरे ।