Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

फर्पिङ भञ्ज्याङमा दुर्घटना : २ जनाको मृत्यु ३१ जना भन्दा बढी घाइते

Thursday, March 29, 2018 National Power

१५ चैत,काठमाण्डौ – दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको यात्रुबाहक बस बिहीबार बिहान दुर्घटनामा परेको छ ।  बा १ ख ९९९९ नम्बरको बस फर्पिङ भञ्ज्याङमा दुर्घटना भएको हो । दुर्घटनामा २ जनाको ज्यान गएको छ भने ३१ जना भन्दा बढी घाइते भएका छन् ।

मृत्यु हुनेमा दक्षिणकाली नगरपालीका वडा नम्बर ५ की ४२ वर्षिया मञ्जु बस्नेत र सोही ठाउका २५ वर्षिया सुनिल श्रेष्ठ रहेका छन् । घाईतेहरुलाई काठमाण्डौका विभिन्न अस्पालहरुमा लिईसकेको प्रहरीले बताएको छ ।

दुर्घटनाको कारण खुलेको छैन । टायर पड्किएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।