१५ चैत,काठमाण्डौ – दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको यात्रुबाहक बस बिहीबार बिहान दुर्घटनामा परेको छ । बा १ ख ९९९९ नम्बरको बस फर्पिङ भञ्ज्याङमा दुर्घटना भएको हो । दुर्घटनामा २ जनाको ज्यान गएको छ भने ३१ जना भन्दा बढी घाइते भएका छन् ।
मृत्यु हुनेमा दक्षिणकाली नगरपालीका वडा नम्बर ५ की ४२ वर्षिया मञ्जु बस्नेत र सोही ठाउका २५ वर्षिया सुनिल श्रेष्ठ रहेका छन् । घाईतेहरुलाई काठमाण्डौका विभिन्न अस्पालहरुमा लिईसकेको प्रहरीले बताएको छ ।
दुर्घटनाको कारण खुलेको छैन । टायर पड्किएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।