Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

मलाई आवश्यक छ, तिमीलाई यो मुटुमा सजाउन

Monday, March 26, 2018 National Power

कसै, कसैलाई सन्तान, सजिलो छ जन्माउन । 
छोरालाई पितृ सम्पतिमा सजिलो छ रमाउन ।।

 हाम्रो देश नेपालमा गरीबको हालत पतला छ ।
 बाउआमालाई गाह्रो, छोराछोरी बिहे गरि अन्माउन ।।

 हामी सोझा नेपाली जनतालाई ढाँट, छल गरि । 
नेतागण र कर्मचारीलाई दाउ छ पैसा कमाउन ।। 

तै रानी मै रानी कसले भर्ला कुवाको पानी भने झैं । 
ठूलो पार्टी राहु छ, साना पार्टीहरूलाई दबाउन ।।

 ए कान्छी, ठुटे नेता र फुट्ने पार्टीको कुरा छाड्देउ ।
 मलाई आवश्यक छ, तिमीलाई यो मुटुमा सजाउन ।।

राजकुमार श्रेष्ठ, झापा ( हाल कतार )