Sunday 15th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

मलाई आवश्यक छ, तिमीलाई यो मुटुमा सजाउन

Monday, March 26, 2018 National Power

कसै, कसैलाई सन्तान, सजिलो छ जन्माउन । 
छोरालाई पितृ सम्पतिमा सजिलो छ रमाउन ।।

 हाम्रो देश नेपालमा गरीबको हालत पतला छ ।
 बाउआमालाई गाह्रो, छोराछोरी बिहे गरि अन्माउन ।।

 हामी सोझा नेपाली जनतालाई ढाँट, छल गरि । 
नेतागण र कर्मचारीलाई दाउ छ पैसा कमाउन ।। 

तै रानी मै रानी कसले भर्ला कुवाको पानी भने झैं । 
ठूलो पार्टी राहु छ, साना पार्टीहरूलाई दबाउन ।।

 ए कान्छी, ठुटे नेता र फुट्ने पार्टीको कुरा छाड्देउ ।
 मलाई आवश्यक छ, तिमीलाई यो मुटुमा सजाउन ।।

राजकुमार श्रेष्ठ, झापा ( हाल कतार )