Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

मिन विष्टले ल्याए थ्री डि मा गीत (अडियो सहित)

Tuesday, March 13, 2018 National Power

काठमाण्डौ – मिन विष्ट सांगीतिक (संगीत, रेकडिङ र ध्वनी मिश्रण) क्षेत्रको लागी नौलो नाम होईन । उनी विगत दुई दशक देखि नेपाली सांगीतिक क्षेत्रमा कार्य गर्दै आईरहेका छन् । दुई दशक देखी रेकर्डिष्ट हुदै साउण्ड ईन्जिनीयर रहनुका साथै सिनेमा मा एडिआर को कार्य गर्दै आएका छन् । उनि यतिवेला नेपाली चलचित्र “हरि” को काममा व्यस्त रहेका छन् । आफ्नो कार्य व्यस्तताकै विचमा उनले नेपालको सांगीतिक क्षेत्रका लागी नौलो आयाम भित्र्याएका छन् ।


“ईश्वरले तिमीलाई फुर्सदमा हो कि प्रेमले बनाको” बोलको गीतलाई मिन बिष्टले थ्रीडी ध्वनीमा मा प्रस्तुत गरेका छन् । विष्टकै संगीतमा तैयार उक्त गीतमा लक्ष्मी प्रसाद घिमिरेको शब्द अनि दीपा लामा र राम धिमालको स्वर रहेको छ । उक्त गित सुन्नको लागी स्रोताहरुले हेडफोन अनिवार्य लगाउनु पर्ने मिनले हामीलाई बताएका छ्न ।


नेपालमै पहिलो पटक थ्रीडि प्रविधिमै अडियो गीतलाई मीनले सार्वजनिक गरेका छन् । यो नै नेपालको पहिलो थ्रीडि अडियो भएको दाबी विष्टका निकटतम्हरु संगीतकर्मी एवं चलचित्रकर्मीहरुले दावी गरेका छन् ।
यस गीतमा वजेका बाजाहरुपनि नेपालीनै रहेका छन् । ढोलक, दमाह, सारङ्गी जस्ता नेपाली वाजाहरु प्रयोग गरिएको उक्त गीतमा हाम्रै ग्रामिण भेगका दैनिकहरुलाई समेट्ने प्रयास मीनले गरेका छन् ।

गीत संगीतका पारखीहरुका लागी यो नयाँ स्वादको हुन सक्छ गीत सुनि सकेपछि मीनकै पुराना साथी चलचित्र निर्देशक एवं गीतकार माधव खरेल भन्छन् “मिनजी पहिल्यै देखिनै संगीत क्षेत्रमा एवं ध्वनि मिश्रणको कार्यमा नयाँ प्रयोग गर्न रुचाउने गर्नु हुन्थ्यो तर आज आएर उहाँले सावित पनि गरेर देखाउनु भयो , यस्तो कार्यले निरन्तरता पाउनु पर्छ, यो सांगीतिक क्षेत्रको लागी नयाँ क्रान्ति हो ।”

स्रोताहरुको निरन्तर साथ र सहयोग पाएको खण्डमा भविष्यमा यस्तै नयाँ नयाँ प्रस्तुतीहरु दिंदै जाने पनि बिष्टले बताएका छन् । यस अघि विष्टलेनै संगीत र मिक्सिङ्ग गरेको गीत “झुम्का गिर्यो रे” भन्ने गीत हिट भैसकेकोछ ।

कमला जोशी
सम्पादक, पावर न्यूज मासिक