Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

चैत्र १३ देखि १७ गतेसम्म राष्ट्रिय ‘अर्ना’ दोहोरी रनिङ शिल्ड प्रतियोगीता

Thursday, March 8, 2018 National Power

२४ फागुन,सोलुखुम्बु -राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा चौथो राष्ट्रिय ‘अर्ना’ दोहोरी रनिङ शिल्ड प्रतियोगीता चैत्रमा आयोजना गरिने प्रतिष्ठानले जानकारी दिएको छ । यो प्रतियोगीतालाई अर्ना वियरले मुख्य प्रायोजन गरेको छ । सिटी एक्सप्रेसको प्रायोजन, लिची जुस र वरल्र्ड दरबारको सह–प्रायोजन रहेको प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले बताएका छन् ।

अध्यक्ष पंगेनीले भने, ‘प्रतिष्ठानको आफ्नै घर, लोक सग्रालय निर्माणको सहयोगार्थ भन्ने नारका साथ यो प्रतियोगीता सम्पन्न गईरहेका छौँ। यसपालि हामीलाई मिडियाले राम्रो साथ दिनुपर्छ भन्ने अपेक्षा गरेका छौँ।’ बर्षेनी हुने प्रतियोगीताको यो बर्ष पुरस्कार राशिमा बृद्धि गरिएको छ । प्रतियोगीता प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुनेले क्रमश एक लाख ५१ एक सय, एक लाख एक हजार एक सय, ५७ हजार ७ सय ७७ र २७ हजार ७ सय ७७ रुपैयाका साथमा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगीताको पहिलो पुरस्कार नेपाल राष्ट्रिय लोक दोहोरी संघ, द्धितीय पुरस्कार प्रतिष्ठानको जापान शाखा, तृतीय पुरस्कार स्थानीय श्रृंगा बस व्यवसायी समिति पोखराले प्रायोजन गरेको छ । भने बाद्यबादन प्रतिष्ठान यूरोप शाखाले प्रायोजन गरेको छ ।कार्यक्रमलाई सफल पार्नका लागि प्रतिष्ठानका उपत्यका समन्वय समिति, बाग्मति अञ्चल समिति, जिल्ला समिति काठमाण्डौ, भक्तपुर र ललितपुरले समेत विशेष सहयोग गर्ने भएका छन् । मेला–महोत्सबमा समेत दोहोरी प्रतियोगीता आयोजना गर्न छाडिएपछि प्रतिष्ठानले चौथो पटक यो प्रतियोगीताको आयोजना गर्न लागेको हो । चैत्र १३ देखि १७ गतेसम्म भृकुटीमण्डपमा हुने दोहोरीको मेलालाई अझ ऊर्जा दिलाउन फागुन २० गते प्रचार जिङगल सार्वजनिक गरिएको छ । शिव हमालको सृजनामा तयार पारिएको जिङगलमा ख्यातिप्राप्त कलाकर्मीको स्वर र अभिनय रहेको छ ।

यसैबीच, प्रतिष्ठानले शाखा रहेका जिल्लालाई जिल्लाव्यापी लोक गीत गायन प्रतियोगीता आयोजना गर्नका लागि सर्कुलर जारी गरेको छ । यो प्रतियोगीता प्रदेश हुँदै राष्ट्रिय स्तरमा आगामी जेठमा आयोजना गरिनेछ ।