Saturday 28th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

ट्रम्पलाई एलेकको जवाफ : तपाईंकी श्रीमतीलाई मलाई फोन नगर्न भनिदिनु

Monday, March 5, 2018 National Power

२१ फागुन ,न्युयोर्क – अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प ‘सटरडे नाइट लाइभ’का नयाँ आलोचक होइनन् । यसभन्दा पनि पहिले उनले लामो समयदेखि चल्दै आएको हाँस्य कार्यक्रमले दर्शकको विश्वास गुमाएर चाँडै बन्द हुने भनेका थिए । यो पटक उनले आफ्नो हाउभाउ गर्ने एलेक (जसलाई डोनाल्ड ट्रम्पले ट्वीटमा एलेक्स उच्चारण गरेका छन् ) बाल्डवीनमाथि निशाना साँधेका छन् ।

हाल मेटाइएको ट्रम्पको पहिलो ट्वीटमा लेखिएको छ “एलेक्स् वाल्डवीन उनै हुन् जसको धर्मराउँदो निम्नस्तरको करिअर मेरो हाउभाउ गरेर बाँचेको थियो । अहिले आएर उसले डोनाल्ड ट्रम्पको अभिनय गर्न पिडा हुने बताएछ । एलेक्स, यो (कार्यक्रम) हेर्न बाध्य बनाइएकाहरुको लागि पनि उत्तिकै पिडादायी थियो । अभिनय दयनीय थियो । बढी रमाइला र उच्च प्रतिभावान डेरेल ह्यामोन्डलाई फिर्ता लेऊ ।”

पछि ट्रम्पले सो ट्वीट मेटाएका थिए र सो टिप्पणीमा पहिला रहेको हिज्जेको त्रुटी सच्याएर पुनः ‘पोष्ट’ गरेका थिए । ट्रम्पको निशानामा परेका एलेक बाल्डवीनले यसमा प्रतिक्रृया दिएका छन् । “पीडा भए नि म त्यहाँ महाअभियोगको सुनुवाई, राजीनामा भाषण र मारा–ए–लागो (डोनाल्ड ट्रम्पको रिसोट)  मा उड्ने बिदाईको हेलिप्टर यात्राको (अभिनय) लागि पनि रहिरहनेछु । ती राम्रा कुराहरु, जसको हामी सबै प्रतिक्षा गरिरहेका छौं ।”

बाल्डवीनले अर्को ट्वीट गर्दै पुनः लेखेका छन् “र राष्ट्रपति महोदय… कृपया आफ्नो श्रीमतीलाई ‘सटरडे नाइट लाइभ’को टिकटका लागि मलाई फोन गर्न बन्द गर्न भनिदिनु ।”बाल्डवीनले सन् २०१६ बाट शुरु भएको सो कार्यक्रमको ४२ औं सिजनदेखि नियमित रुपमा ट्रम्पको नक्कल गरिरहेका छन् । उनले सो समय अघिल्लो उदघोषक ह्यामोन्डको ठाँउ लिएका थिए ।