Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

रुससँग संसारको जुनसुकै कुनामा मार हान्न सक्ने ‘अजय’ परमाणु मिसाइल छः पुटिन

Friday, March 2, 2018 National Power

१८ फागुन , क्रेम्लिन -रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूसँग संसारको जुनसुकै कुनामा मार हान्न सक्ने मिसाइल रहेको बताएका छन् । उनका अनुसार सो मिलाइलले हरेक लक्ष्यलाई ध्वस्त बनाउन सक्नेछ । पुटिनले मिसाइल रोक्न असम्भव हुने दावी गरे । रुसमा हुन लागेको राष्ट्रपति चुनावभन्दा अघि राष्ट्रपतिको रुपमा आफ्नो आखिरी भाषणमा बोल्दै पुटिनले त्यसो भनेका थिए ।

पुटिनको सम्बोधनलाई रुसी सरकारी टीभीले देखाएको थियो । सो क्रममा पुटिनले मानिसहरुका अगाडि एउटा मार्गचित्र पनि प्रस्तुत गरे ।यसमा पुटिनले रुसले तयार गरिरहेकोे एक ड्रोन देखाए जो पन्डुब्बीहरुबाट छोड्न सकिनेछ र जसले परमाणु हमला गर्न सक्षम हुनेछ । पुटिनले अगाडि बोल्दै भने – रुससँग रहेको मिसाइललाई यूरोप र एशिया भर छरिएर रहेको अमेरीकी प्रतिरक्षा प्रणालीले पनि रोक्न सक्दैन । पुटिनले रुसी संसदमा लगभग दुई घण्टासम्म सम्बोधन गरेका थिए ।

अमेरीकालाई दबाब
रुसी राष्ट्रपतिको भनाई अमेरीकाको राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य तागत बढाउने बयानको जवाफ भएको समिक्षकको भनाइ रहेको छ । अमेरीकाले पछिल्लो महिना आफ्नो परमाणु भण्डारलाई बढाउने र सानो खालको आणविक बम बनाउने बयान दिएको थियो ।

अमेरीकाको सो भनाई कुनै न कुनै हिसाबले रुसलाई चुनौती दिन आएको मानिएको थियो । चीन र अमेरीका पनि संसारको जुनसुकै स्थानमा मार हान्न सक्ने यस्तो मिसाइल निर्माण गर्ने कोसिस गरिरहेका छन् । तर, पुटिनले आफ्नो भाषणमा रुसले आफ्नो सैन्य तागत संसारमा शान्ति स्थापनाको लागि सशक्त बनाएको प्रष्टिकरण दिए । अन्तयमा पुटिनले यो भन्न छुटाएनन् कि रुसबिरुद्ध यदी कसैले परमाणु हतियार प्रयोग गर्छ भने रुसले त्यसको जवाफ दुई गुणा शक्तिले दिनेछ ।