Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

रुससँग संसारको जुनसुकै कुनामा मार हान्न सक्ने ‘अजय’ परमाणु मिसाइल छः पुटिन

Friday, March 2, 2018 National Power

१८ फागुन , क्रेम्लिन -रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूसँग संसारको जुनसुकै कुनामा मार हान्न सक्ने मिसाइल रहेको बताएका छन् । उनका अनुसार सो मिलाइलले हरेक लक्ष्यलाई ध्वस्त बनाउन सक्नेछ । पुटिनले मिसाइल रोक्न असम्भव हुने दावी गरे । रुसमा हुन लागेको राष्ट्रपति चुनावभन्दा अघि राष्ट्रपतिको रुपमा आफ्नो आखिरी भाषणमा बोल्दै पुटिनले त्यसो भनेका थिए ।

पुटिनको सम्बोधनलाई रुसी सरकारी टीभीले देखाएको थियो । सो क्रममा पुटिनले मानिसहरुका अगाडि एउटा मार्गचित्र पनि प्रस्तुत गरे ।यसमा पुटिनले रुसले तयार गरिरहेकोे एक ड्रोन देखाए जो पन्डुब्बीहरुबाट छोड्न सकिनेछ र जसले परमाणु हमला गर्न सक्षम हुनेछ । पुटिनले अगाडि बोल्दै भने – रुससँग रहेको मिसाइललाई यूरोप र एशिया भर छरिएर रहेको अमेरीकी प्रतिरक्षा प्रणालीले पनि रोक्न सक्दैन । पुटिनले रुसी संसदमा लगभग दुई घण्टासम्म सम्बोधन गरेका थिए ।

अमेरीकालाई दबाब
रुसी राष्ट्रपतिको भनाई अमेरीकाको राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य तागत बढाउने बयानको जवाफ भएको समिक्षकको भनाइ रहेको छ । अमेरीकाले पछिल्लो महिना आफ्नो परमाणु भण्डारलाई बढाउने र सानो खालको आणविक बम बनाउने बयान दिएको थियो ।

अमेरीकाको सो भनाई कुनै न कुनै हिसाबले रुसलाई चुनौती दिन आएको मानिएको थियो । चीन र अमेरीका पनि संसारको जुनसुकै स्थानमा मार हान्न सक्ने यस्तो मिसाइल निर्माण गर्ने कोसिस गरिरहेका छन् । तर, पुटिनले आफ्नो भाषणमा रुसले आफ्नो सैन्य तागत संसारमा शान्ति स्थापनाको लागि सशक्त बनाएको प्रष्टिकरण दिए । अन्तयमा पुटिनले यो भन्न छुटाएनन् कि रुसबिरुद्ध यदी कसैले परमाणु हतियार प्रयोग गर्छ भने रुसले त्यसको जवाफ दुई गुणा शक्तिले दिनेछ ।