Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

Monday, February 26, 2018 National Power

१४ फागुन, काठमाण्डौ – तनहुँको ब्यास नगरपालिका(३ दुर्गा मन्दिर नजिकै आज बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।दमौलीबाट पोखरातर्फ जाँदै गरेको ना ५ ख ४६०२ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको बा ५३ प ९४८३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

आज विहान पौंने ९ बजे बसको ठक्करबाट गम्भीर घाइते भएका मोरङको बिराटनगर महानगरपालिका(२१ का ४६ वर्षीय श्याम कुमार साह तेलीको उपचारको क्रममा रत्नहरी अस्पताल दमौलीमा सवा ९ बजे मृत्यु भएको हो । ठक्कर दिने बस सहित चालकलाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको छ ।

-ktmtraffic