१४ फागुन, काठमाण्डौ – तनहुँको ब्यास नगरपालिका(३ दुर्गा मन्दिर नजिकै आज बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।दमौलीबाट पोखरातर्फ जाँदै गरेको ना ५ ख ४६०२ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको बा ५३ प ९४८३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
आज विहान पौंने ९ बजे बसको ठक्करबाट गम्भीर घाइते भएका मोरङको बिराटनगर महानगरपालिका(२१ का ४६ वर्षीय श्याम कुमार साह तेलीको उपचारको क्रममा रत्नहरी अस्पताल दमौलीमा सवा ९ बजे मृत्यु भएको हो । ठक्कर दिने बस सहित चालकलाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको छ ।
-ktmtraffic