Friday 27th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

चङ्गाको प्रदर्शन मिति तय

Wednesday, February 21, 2018 National Power

९ फागुन,काठमाण्डौ – केहि हप्ता पहिले मात्रै छायाँकन सकाएको फिल्म चङ्गाुले प्रदर्शन मिति तय गरेको छ । निर्माता तथा निर्देशक किशोर भण्डारी डिट्ठा साबुले बर्ष २०७५ को जेठ २५ लाई अफिसियल रुपमा फिल्मको प्रदर्शन मिति लकु भएको जानकारी दिए । फिल्मलाई मोफसलमा वितरणको अधिकार एफडी कम्पनिले खरिद गरेको छ । मंगलबार मात्रै फिल्म निर्माण टिम र एफडी कम्पनिबीच वितरण सम्झौता भयो । फिल्मको तर्फबाट निर्देशक भण्डारी र एफडी कम्पनिको तर्फबाट अध्यक्ष नरेन्द्र महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यस्तै फिल्मलाई उपत्यकामा वितरणको अधिकार करण श्रेष्ठको रिच ईन्टरटेन्मेन्टले लिएको छ । हाँस्य जनराको फिल्मले पारिवारिक तथा सामाजिक कथा बोल्छ । चङ्गाुलाई प्रतिकात्मक रुपमा देखाउन खोजिएको फिल्ममा पैसाको समस्यापछि एक ग्रामिण भेगको युवकको जीवनमा आउने उतार चढावलाई जोडिएको छ ।

रविन आचार्यले खिचेको फिल्ममा बुद्धी तमाङ, कमलमणि नेपाल, राजन खतिवडा, रेश्मा तिमल्सिना बुनु मैंचा अंकित खड्का, लक्ष्मी बर्देवा, प्रेमबर्षा खड्का लगायत अभिनयमा छन् भने बाल कलाकार लकी भण्डारी फिल्ममा मुख्य भुमिकामा प्रस्तुत छन् । फिल्मको यतिबेला ग्लेज ईन्टरटेन्मेन्टमा पोष्ट प्रोडक्सनको काम चलिरहेको छ । कन्टिन्यूयस मुभी मेकर्स प्रालीको ब्यानरमा बनेको चङ्गाुमा राजनराज शिवाकोटी र कमल खत्रीको संगीत छ । कार्यकारी निर्माता प्रकु पाण्डे रहेको फिल्मकी निर्मात्री रेश्मा तिमल्सिना हुन् ।