Saturday 20th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

आजको ट्राफिक अपडेट

Wednesday, February 14, 2018 National Power

२ फागुन, काठमाडौं – चावहिल, मित्रपार्क, गौशाला, पिङगलास्थान सडक खण्डमा यतिबेला सवारी साधन चापमा चलिरहेका छन् । त्यस्तै जमल, केशरमहल, लैनचौर, महेन्द्रशालिक र कलंकी सडक खण्डमा संचालन हुने सवारी साधन पनि चापमै चलिरहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । सडकमा सवारी साधनको सङख्या बढेका कारण उक्त स्थानमा चाप रहेको हो । मध्यबानेश्वर सडक खण्डमा भने मेलम्ची खानेपानीले सडकमा खाल्डो खनेका कारण उक्त स्थान हुदै चल्ने सवारी साधन पनि चापमा चलिरहेका छन् ।

तनहुको आबुखैरेनी गाउपालिका २ मार्की चोकमा भएको सवारी दुर्घटनामा परि २ जना घाईते भएका छन् । आज बिहान साढे ९ वजे डुम्रेबाट आबुखैरेनीतर्फ आउदै गरेको बा १३ च ४४ ९० नम्बरको कार र बिपरित दिशाबाट आउदै गरेको ग २ प ५२९ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खादा दुर्घटना भएको हो । दुर्घटनामा परि मोटरसाईकल चालक बारा कलैया बस्ने २५ वर्षिय जाबेद आलम र मोटरसाईकलमा पछाडि सवार सोहि ठाउका २० वर्षिय नुरसन आलम घाईते भएका हुन् । घाईते दुबैजनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ । दुर्घटनामा संलग्न दुबै सवारी साधन र कार चालकलाई ईलाका प्रहरी कार्यालय आबुखैरेनीले नियन्त्रणमा लिएको छ ।