Sunday 18th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

आजको ट्राफिक अपडेट

Tuesday, February 6, 2018 National Power

२३ माघ, काठमाण्डौ – रुपन्देहीको तिलोतमा नगरपालिका १० बेवोरास्थित माछापोखरीमा एक पुरुष व्यक्ति मृत्त अवस्थामा फेला परेका छन् । स्थानिय २२ बर्षिय अनिल थारु आफ्नै घर देखि ३ सय मिटर उत्तरतर्फ रहेको माछापोखरीमा आज दिउँसो साढे १२ बजे मृत्त फेला परेको बताईएको छ । मृत्तकको शवलाई पोष्टमार्टका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाईएको ईलाका प्रहरी कार्यालय मंगलपुर रुपन्देहीले जानकारी दिएको छ ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालीका ९ फलेपथकी एक महिला आज स्थानिय बाङगी खोलामा डुबेको अवस्थामा मृत्त फेला परेकी छिन् । ३९ बर्षीया कमला रायमाझी मृत्त फेला परेकी हुन् । घरबाट बिहानै बाहिर जान्छु भनि हिँडेकी उनी घर नफर्के पछी खोजी गर्दै जाने क्रममा आज बिहान पौने ९ बजे, खोलामा डुबेको अवस्थामा शव भेटिएको हो । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरी चौकी अर्घाले जनाएको छ ।

उता कपिलवस्तुको बाणगंगा नगरपालीका ६ बैदौलीमा आज एक व्यक्ति मृत्त फेला परेका छन् । बैदौलीमा रहेको ज्वाईको घर बनाउन आएका बाणगंगा ५ कोपवाका ३२ बर्षीय हरि नारायण थारु आज बिहान ८ बजे, मृत्त फेला परेका हुन् । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय कोपवाले जनाएको छ ।

धादिङ्गको ज्वालामुखी गाँउपालीका १ द्धारथोकमा पनि आज एक महिला सुतेकै स्थानमा मृत्त फेला परेकी छिन् । स्थानिय पुर्ण बहादुर आले मगरको कान्छी श्रीमति ५६ बर्षीया शान्ता शाही ठकुरी आज बिहान साढे ९ बजे, मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय धादिङ्गले जनाएको छ ।

रुपन्देहीको सियारी गाउँपालिका ४ मा आज मोटरसाईकलको ठक्कर बाट एक बालक गम्भिर घाईते भएका छन् । घाईते हुनेमा स्थानिय ३ वर्षीय अर्जुन मुराउ रहेका छन् । घाईते बालकको मेडिकल कलेज भैरहवामा उपचार भैरहेको छ । आज दिउसो पौने १ बजे नम्बर नखुलेको मोटरसाईले बालकलाई ठक्कर दिदा दुर्घटना भएको हो । मोटरसाईकल र चालक फरार रहेकाले खोजी कार्य भैरहेको ईलाका प्रहरी कार्यलय छपिया रुपन्देहीले जनाएको छ ।

काठमाडौैको सोल्टीमोडमा आज घर बनाउने क्रममा ईट्टाले लागेर एक किशोरी घाईते भएकी छिन् । घाईते हुनेमा बर्दिया घर भई हाल काठमाडौ सोल्टीमोड बस्ने १८ वर्षीया संगिता चौधरी रहेकी छिन् । घाईते चौधरीको स्टार अस्पताल सानेपामा उपचार भैरहेको छ । आज बिहान साढे १० बजे सिटीभवन लिमिटेडको भवनमा काम गर्ने क्रममा अचानक माथिबाट खसेको ईट्टाले टाउकोमा लागि उनि घाईते भएको स्थानीय प्रहरीले जनाएको छ ।

नवलपरासीको बर्दघाट सुस्ता पुर्व गैंडाकोट नगरपालिका ९ मा पनि आज नवनिमार्णाधीन भवनको छानाबाट खसेर एक जना गम्भिर घाईते भएका छन् । घाईते हुनेमा सलार्ही मलंगवा बस्ने ३५ वर्षीय सचिन कुमार रहेका छन् । घाईते कुमारको पुरानो मेडीकल कलेज भरपुरमा उपचार भैरहेको छ । आज बिहान ९ बजे बोरा कम्पनिमा काम गर्ने कामदार जस्ता निकाल्ने क्रममा अचानक छानाबाट खसी घाईते भएको स्थानीय प्रहरीले जनाएको छ ।

काठमाडौैको सोल्टीमोडमा आज घर बनाउने क्रममा ईट्टाले लागेर एक किशोरी घाईते भएकी छिन् । घाईते हुनेमा बर्दिया घर भई हाल काठमाडौ सोल्टीमोड बस्ने १८ वर्षीया संगिता चौधरी रहेकी छिन् । घाईते उनको स्टार अस्पताल सानेपामा उपचार भैरहेको छ । आज बिहान साढे १० बजे सिटीभवन लिमिटेडको भवनमा काम गर्ने क्रममा अचानक माथिबाट खसेको ईट्टाले टाउकोमा लागि उनि घाईते भएको स्थानीय प्रहरीले जनाएको छ । उता

नवलपरासीको बर्दघाट सुस्ता पुर्व गैंडाकोट नगरपालिका ९ मा पनि आज नवनिमार्णाधीन भवनको छानाबाट खसेर एक जना गम्भिर घाईते भएका छन् । घाईते हुनेमा सलार्ही मलंगवा बस्ने ३५ वर्षीय सचिन कुमार रहेका छन् । घाईते कुमारको पुरानो मेडीकल कलेज भरपुरमा उपचार भैरहेको छ । आज बिहान ९ बजे बोरा कम्पनिमा काम गर्ने कामदार जस्ता निकाल्ने क्रममा अचानक छानाबाट खसी घाईते भएको स्थानीय प्रहरीले जनाएको छ ।

काठमाडौैको सोल्टीमोडमा आज घर बनाउने क्रममा ईट्टाले लागेर एक किशोरी घाईते भएकी छिन् । घाईते हुनेमा बर्दिया घर भई हाल काठमाडौ सोल्टीमोड बस्ने १८ वर्षीया संगिता चौधरी रहेकी छिन् । घाईते उनको स्टार अस्पताल सानेपामा उपचार भैरहेको छ । आज बिहान साढे १० बजे सिटीभवन लिमिटेडको भवनमा काम गर्ने क्रममा अचानक माथिबाट खसेको ईट्टाले टाउकोमा लागि उनि घाईते भएको स्थानीय प्रहरीले जनाएको छ ।

नवलपरासीको बर्दघाट सुस्ता पुर्व गैंडाकोट नगरपालिका ९ मा पनि आज नवनिमार्णाधीन भवनको छानाबाट खसेर एक जना गम्भिर घाईते भएका छन् । घाईते हुनेमा सलार्ही मलंगवा बस्ने ३५ वर्षीय सचिन कुमार रहेका छन् । घाईते कुमारको पुरानो मेडीकल कलेज भरपुरमा उपचार भैरहेको छ । आज बिहान ९ बजे बोरा कम्पनिमा काम गर्ने कामदार जस्ता निकाल्ने क्रममा अचानक छानाबाट खसी घाईते भएको स्थानीय प्रहरीले जनाएको छ ।

काठमाण्डौको पवित्रनगर आत्मज्ञान नजिक एक घरको डेरा कोठाबाट आज ५ लाख बराबरको धनमाल चोरी भएको छ । स्थानिय दिलचन्द्र बुढाथोकिको घरमा डेरा गरी बस्ने खोटाङग जाल्पा गाउँपालिका ४ घर भएका ६५ बर्षिय टंक राईको कोठामा कोही नभएको बेला आज मध्यान्ह १२ बजे नगद तथा सुनका विभिन्न गरगहना गरी उक्त मुल्य बराबराको धनमाल चोरी भएको महानगरी प्रहरी प्रभाग गंगबुले जानकारी दिएको छ ।

काठमाण्डौको लाजिम्पाट स्थित उत्तर ढोका नजिक रहेका एक रेष्टुरण्टबाट आज ६२ हजार बराबरको धनमाल चोरी भएको छ । स्थानिय धुर्व श्रेष्ठको घरमा सुनिल कुमार शाह र बिकाश थापामगरले सञ्चालन गरेको रोयल चाईना माउण्टेन रेष्टुरेण्टबाट आज बिहान सवा ८ बजे नगद तथा विभिन्न सरसामानहरु गरेर उक्त मुल्य बराबरको धनमाल चोरी भएको दरबारमार्ग प्रहरीले जनाएको छ ।

काठमाडौंको बालाजु स्थित १ घरको कोठाबाट आज १ लाख ४५ हजार बराबरको धनमाल चोरी भएको छ । पाल्पा घर भएकी ३३ बर्षीया ईश्वरी पुन मगरको कोठामा कोही नभएको समयमा अज्ञात व्यक्तिहरु प्रवेश गरि सुनका गहना र मोवाइल चोरी गरि फरार भएका छन् । आज बिहान ७ बजे, भएको चोरीमा संलग्न समुहको खोजी भैरहेको महानगरिय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

मकवानपुरको हेटौडा उपमहानगरपालीका १५ स्थित रातोमाटे चेकपोष्टबाट आज अन्दाजी ५ किलो ४ सय ग्राम लागु औषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर गढी गाँउपालीका ६ आमभञ्ज्याङका २४ बर्षीय राज कुमार घलान रहेका छन् । आज बिहान ७ बजे, काठमाडौंबाट मलंगवा तर्फ जादै गरेको बसमा सवार रहेका घलानको साथबाट बरामद भएको लागु औषध सहित नियन्त्रणमा आएका उनीमाथी आवश्यक अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

##/traffic.nepalpolice.gov.np##