Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

माल्भिकाले खोलिन् कोरियन ‘लेट मि इ’को घुम्टो

Saturday, December 16, 2017 National Power

काठमाडौं – दक्षिण कोरियाको ‘लेट मि इन’ले काठमाडौंमा पनि आफ्नो सेवा सुरु गरेको छ । छाला सम्बन्धी सेवा दिने उदेश्यले राजधानीको नयाँ बानेस्वरमा ‘लेट मि इन’ कोरियन एथिक्स् नामक ब्युटी क्लिन स्थापना भएको हो ।शुक्रबार आयोजित एक कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क योङ सिक, पुर्व मिस नेपाल माल्भिका सुब्बा र बैंकर रबिना देसराज लगायतले क्लिनीकको उद्घाटन गरे ।


‘लेट मि इन’ले छालामा देखिने समस्याहरु डण्डिफोर, चाँया, फेसियल, छालाको दाग हटाउने, कोठी हटाउने, टाटु हटाउने ,अनुहारको फोहोर हटाउने लगायतका सेवा दिने क्लिनीकमा म्यानेजिङ डाइरेक्टर डोङ सोमाले जानकारी दिए । कोरियामा उत्पादन हुने सौदर्यका साधन र प्रबिधि कोरियासँगै नेपालमा पनि अपग्रेट गर्ने उनले बताए ।
कार्यक्रममा पुर्व मिस नेपाल माल्भिका सुब्बाले कोरियन सौदर्य प्रबिधी बिस्वका अन्य प्रबिधि भन्दा स्तरिय हुने बताइन् । आफुले पनि कोरिया ब्राण्डका सौदर्य सामाग्री प्रयोग गर्ने गरेको बताउदै यसको तुलना अरु कुनैसँग गर्न नमिल्ने सुनाइन् ।
‘लेट मि इ’ चाउरियका छाला, चाँया लगायत समस्यको हाइड्रो साइनिङ इन्जेक्सन सेवाबाट पनि उपचार हुने कार्यक्रममा जानकारी दिइयो । ‘लेट मिले इ’ले थेरापीबाट सौदर्यको उपचार प्रबिधि समेत नेपाल भित्र्याएको छ ।
औषधीको सेवन गरेर, बिभिन्न औषधी लगायर पनि निको नभएका छालासम्बन्धी रोग ‘लेट मि इ’ले इलेक्टिक थर्मोलाइसिसबाट समेत उपचार गरेर समस्यको समाधान गर्ने दाबी कार्यक्रममा गरेको छ ।