Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

छायाँछबि काव्य श्रृंखलामा गुञ्जिए हेम र सुशीला

Monday, December 4, 2017 National Power

मंसिर १८ काठमाण्डौ – खासगरी चलचित्र, संगीतको क्षेत्रमा काम गर्दै आइरहेको संस्था छायाँछवि क्रियशनले साहित्यिक कार्यक्रम पनि प्रारम्भ गरेको छ । यस अघि भदौ महिनामै मुक्तककार रश्मि रोदनको मुक्तक संग्रह ‘प्रियतम’को लोकार्पण कार्यक्रमबाट नै घोषणा गरिएको छायाँछवि काव्य श्रृंखलाको दोस्रो सिलसिला १७ गते आइतबार सम्मन्न गरेको हो ।छायाँछवि काव्य श्रृंखलाको दोस्रो सिलसिलामा युवा चर्चित कवि हेम प्रभास एवं गीतकार तथा गजलकार सुशीला पौडेलले आफ्ना रचना प्रस्तुत गरेका छन् । साहित्यकार, लाकारहरुको बाक्लो उपस्थितिका बिच सिटीम्याक्स बागबजारमा सम्पन्न कार्यक्रममा ओजस्वी कविता एवं गजल हेम प्रभास र सुशीला पौडेलले सुनाए । कवि हेम प्रभासले आफ्ना चर्चित एवं नयाँ कविताहरु करिव एक दर्जन सुनाए भने गजलकार सुशीला पौडेलले पनि त्यहि नै हाराहारीमा गजलहरु सुनाइन् ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले आफू पनि पहिले साहित्य मै क्रियाशील रहेको विचमा केहि टुटेता पनी अव काव्य श्रृंखलाका माध्यमले जोडीने बताए । हरेक महिना यसरी नै विभिन्न श्रष्टाहरु समेटेर नियमित कार्यक्रम प्रस्तुत गरिने उनले बताए । चलचित्र, संगीत एवं साहित्य एकै विधा हुन् भन्दै प्रियले आफूहरुले सेतु बनेर संगीतकर्मी, चलचित्रकर्मी एवं साहित्यकारलाई जोड्ने काम गर्ने बताए ।कार्यक्रममा बरिष्ठ गजलकार एवं मुक्तककार ज्ञानुवाकरले विशिष्ट अतिथीको आशनबाट बोल्दै छायाँछविको यस प्रयासप्रतिको उद्देश्य आफूलाई मन परेको पौडेलले बताए । यसैगरी विशिष्ट अतिथीकै आसनबाट बोल्दै निर्देशक, लेखक, कलाकार मोहन निरौलाले आफु पनि पहिले साहित्यमै सक्रिय रहेको स्मरण गर्दै आफ्नो कविता समेत प्रस्तुत गर्न भ्याए । पछि चलचित्रमा लागेर लेखनको शैली चलचित्र तिर मोडिएको बताउँदै निरौलाले छायाँछविको कार्यक्रम अत्यन्तै सकारात्मक रहेको बताए ।कार्यक्रममा उद्घोषण गर्दै छायाँछवि काव्य श्रृंखलाकी संयोजक रश्मि रोदनले कार्यक्रमको स्वरुपका बारेमा प्रष्ट्याएकी थिइन् । रोदनले विच विचमा मुक्तक सुनाउँदै आफू छायाँछवि काव्य श्रृंखलामा जोडिन पाएकोमा खुशी व्यक्त गरीन ।कार्यक्रममा काव्य प्रस्तोता श्रष्ट्रा द्वय हेम प्रभाष र सुशीला पौडेललाई सम्मान समेत गरिएको थियो । कार्यक्रम हरेक महिना संचालन गरिने बताइएको छ ।