Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

काठमाडौं सर्ट फिल्म फेस्टा–२०१७ को आवेदन खुल्यो

Thursday, November 30, 2017 National Power


काठमाण्डौ – पछिल्लो समय नेपालमा छोटा चलचित्रको निर्माण क्रम फस्टाएको छ । चलचित्र अध्ययन सम्बन्धी थुप्रै इन्ष्टिच्युट, कलेजको सञ्चालनले पनि छोटा चलचित्र निर्माण गर्ने क्रम बढेको हो । यस्ता चलचित्रले उचित स्थान पाउन सकोस भनेर छायाँछबि क्रियशनले पहिलो पटक काठमाडौं सर्ट फिल्म फेस्टा–२०१३ तथा काठमाडौं सर्ट फिल्म फेस्टा–२०१५ आयोजना गरेको थियो । सर्ट फिल्मको निर्माण विस्तारै फराकिलो बन्दै गइरहेको तर यसको बजार नहुनुले सर्ट फिल्म निर्माण गरेर पनि सम्बन्धित फिल्म मेकरहरु निराश भइरहेको पाइएको छ ।

यसै अवस्थामा छाँयाछबिले फेस्टाको निरन्तरता दिंदै यस्ता सर्ट फिल्म मेकरहरुलाई प्रोत्साहित गर्न सकियोस र राम्राभन्दा राम्रा सर्ट फिल्म निर्माण हुन् तथा यसको बजारको लागि सम्बन्धित क्षेत्रले चासो देओस् भन्नका लागि पनि पुनः तेस्रो काठमाडौं सर्ट फिल्म फेष्टा — ०१७ आयोजना गर्न लागिएको आयोजक संस्था छाायाछबिले जनाएको छ । नेपाली चलचित्रको बैकल्पिक बजारको रुपमा छोटा चलचित्रहरु पनि स्थापित हुन सक्छन् भन्ने विश्वास एकातिर गर्न थालिएको छ भने नेपाली चलचित्रकर्मीले निर्माण एवम् निर्देशन गरेका सर्ट फिल्महरु अन्तर्रा्ष्ट्रिय फिल्म महोत्सवमा पुरस्कृत हुन थालेका पनि प्रशस्तै उदाहरण छन्् । यस्ता चलचित्रले सुरुमा आफ्नै मुलुकमा सम्मान र स्थान पाउनु पर्छ भन्ने उद्देश्यले पनि ‘सर्ट फिल्म फेस्टा’ आयोजना गरिरहेका हौं आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले बताए । फेष्टा पौषको अन्त्यमामा आयोजना गरिने छ भने उक्त महोत्सबमा छोटा चलचित्र प्रदर्शनका साथै चलचित्र सम्बन्धी अन्तरक्रिया लगायतका कार्यक्रम पनि आयोजना गरिने जनाइएको छ ।

यो फेस्टामा बृत्तचित्र, चलचित्र, कार्टुन÷एनिमेशन चलचित्रले भाग लिन पाउने छन् । सम्बन्धित चलचित्रको लम्बाई भने ३ मिनट देखि ४५ मिनट भित्रको हुनु पर्ने छ भने फेस्टामा सहभागी हुनका लागि छायाँछबि क्रियशनको कार्यालय डिल्लीबजारमा मंसीर २९ सम्म लघू चलचित्र दर्ता गर्नु पर्ने प्रावधान राखिएको छ । जुनसुकै बिधा र शैलीका चलचित्रले पनि फेस्टामा भाग लिन पाउने छन् । काठमाडौं सर्ट फिल्म फेस्टा–२०१७ मा सहभागी सर्ट फिल्मले प्रथम, द्वितीय, तृतीय पुरस्कार प्राप्त गर्ने छन् । यस्तै ‘बेस्ट फिक्सन सर्ट फिल्म’, ‘बेस्ट डकुमेन्ट्री सर्ट फिल्म’, ‘बेस्ट एनिमेशन सर्ट फिल्म’, ‘जुरी अवार्ड’, इनकरेजमेन्ट अवार्ड र ‘पब्लिक च्वाईस अवार्ड’ सहीत केहि विधामा नगद सहित अवार्ड प्रदान गरिने जनाइएको छ ।