Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

कलंकी क्षेत्रमा बाहिर खाजाघरको बोर्ड भित्र ग्राहकको यौनप्यास : एक जना ग्राहक बराबर १० हजार

Friday, November 17, 2017 National Power

१ मंसिर, काठमाडौं – काठमाण्डौका केही ठाउँहरुमा यौन धन्दा हुने गरेको खबर बारम्बार सार्वजनिक हुने गरेको छ । पछिल्लो समयको एक अनुगमनले काठमाण्डौको कलंकी क्षेत्रका होटल र खाजाघरमा यौनधन्दा हुने गरेको फेला पारेको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको अनुगमन टोलीले २७ कात्तिकमा गरेको अनुगमनमा उक्त तथ्य खुलासा भएको हो । यौनकार्यमा लगाइएका अधिकांश १८ वर्षमुनिका किशोरी छन् । ११ सदस्यीय टोलीमा मन्त्रालय तथा केन्द्रीय बालकल्याण समितिका अधिकारी सहभागी थिए । ती किशोरीहरुलाई बिहान नौदेखि राति १० बजेसम्म अवैध धन्दामा लगाइने गरेको टोलीले पत्ता लगाएको छ ।

गेस्टहाउसहरुका माथिल्लो तल्ला र खाजाघरका भित्री कोठाहरुमा त्यस्तो धन्दा हुने गरेको पाइएको हो । अविवाहित किशोरीलाई सिन्दुर, पोते लगाइदिएर विवाहित भएको बताउँदै ग्राहकसँग यौन सम्पर्क गर्न पठाइने गरेको अनुगमनका क्रममा भेटिएको छ । त्यसक्रममा भेटिएका अधिकांश किशोरीसँग नागरिकता थिएन । अर्थात, उनीहरु नागरिकता बनाउने उमेर १८ वर्षभन्दा कमका हुन् । कतिपय राम्रै परिवारका र कतिपय पारिवारिक वातावरण राम्रो नभएका कारण त्यस्तो धन्दामा लागेको पाइएको छ ।

अनुगमन टोलीलाई अधिकांशले २१, २२ वर्षको बताएका थिए । तर, फकाई–फुल्याई सोध्दा १२ वर्षका बालिका पनि फेला परेका छन् ।bबाहिर खाजाघरको बोर्ड झुण्ड्याइएको छ, भित्र भने मदिराजन्य पदार्थकै बाहुल्यता देखिन्थ्यो । हरेक खाजाघरमा स–साना क्याबिन थिए । क्याबिनमा दुई कुर्सी, एक बेन्च र एक टेबल थिए । किशोरीहरु त्यही टेबलमा सुत्दा रहेछन् । र, ग्राहकको यौनप्यास पनि त्यहीं मेटाउने गरेको पाइएको छ ।

तीमध्येकी एक किशोरीले मासिक चार हजार रुपैयाँ तलब पाउने गरेको बताइन् । अधिकांश किशोरीले बताएअनुसार एक जना ग्राहकलाई सन्तुष्ट बनाइदिएवापत होटेल र खाजाघर सञ्चालकहरुले पाँचदेखि १० हजार रुपैयाँसम्म लिने गरेका छन् । सञ्चालकहरुले किशोरीहरुलाई मासिक चारदेखि ६ हजार रुपैयाँ दिने गरेको खुलेको छ । दैनिक ३र४ ग्राहकसँग यौन सम्पर्क राख्नुपर्ने उनीहरुले अनुगमन टोलीलाई जानकारी दिए । अधिकांशले आफू स्युचाटार बस्ने गरेको टोलीलाई जानकारी दिएका छन् । १८ वर्षभन्दा कम उमेरका किशोर÷किशोरीलाई श्रममा लगाउनु नै गैरकानुनी हो । अझ, यौन धन्दामै लगाउने बेचविखनसरहको अपराध हो ।