Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

मेस्सी र नेइमारलाई पछि पार्दै रोनाल्डो बने दोस्रोपटक फिफा बेष्ट प्लेयर

Tuesday, October 24, 2017 National Power

७ कात्तिक, काठमाडौं–  विश्व फुटबल महासंघ फिफाले प्रदान गर्ने प्रतिष्ठित फिफा वेष्ट प्लेयर–२०१७ अवार्डमा पुरुषतर्फ रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डो बिजेता बनेका छन् ।लण्डनमा आयोजित अवार्डमा रोनाल्डोले बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लियोनल मेस्सी र पेरिस सेन्ट जर्मेइनका ब्राजिलियन फरवार्ड नेइमारलाई पछि पारे ।

३२ वर्षीय रोनाल्डोले गत सिजन रियल मड्रिडलाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । च्याम्पियन्स लिग फाइनलमा रियलले युभेन्टसलाई चार एक गोलले हराएको थियो भने रेनाल्डोले २९ लिग खेलमा २५ गोल गरेपछि रियलले पाँच पर्षपछि पहिलो पटक ला लिगाको उपाधि जितेको थियो ।‘हामी पहिलो पटक इंग्ल्याण्डमा छौं र मैले दोस्रो पटक यो अवार्ड जितें, यो मेरालागि एक उत्कृष्ठ पल हो ।’ अवार्ड लिँदै रोनाल्डोले भने ।

उनले उत्कृष्ट खेलाडीका लागि ४३।१६ प्रतिशत मत पाएका थिए । जवकि मेस्सीले १९।२५ र नेइमारले ६।९७ प्रतिशत मत पाएका थिए ।बार्सिलोनाका लुइस स्वारेजले मेस्सीका लागि भोट गरेका थिए भने रोनाल्डोका लागि रियलका टिममेट लुका मोड्रिकले भोट गरेका थिए ।

बर्सिलोनाकी डच स्टार लियके मार्टिन्सले यस वर्षको वेष्ट फिमेल प्लेयरको अवार्ड जितिन् । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानेले वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड पाउँदा महिला प्रशिक्षकको अवार्ड नेदरल्याण्ड्सकी सरिना वेइगम्यानले पाइन् ।

आर्सनलका ओलिभर जिरोर्डले वर्षको उत्कृष्ठ गोलका लागि दिइने पुसकास अवार्ड हात पारे । जनवरी २०१७ मा क्रिष्टल प्यालेसबिरुद्ध उनको ‘स्कोरपियोन किक’ वर्षकै उत्कृष्ठ गोल ठहरियो ।
बेष्ट गोलकिपर अवार्ड विश्व च्याम्पियन इटली तथा युभेन्टसका लागि १० पटकका सिरी ए च्याम्पियन जियानलुइगी बुफोनाई प्रदान गरियो । यी इटलीका भेट्रान गोलकिपरले युभेन्टसलाई लगातार छैटौं पटक सिरी एको उपाधि दिलाएका थिए भने ६०० मिनेटसम्म च्याम्पियन्स लिगमा गोल खाएका थिएनन् ।सेल्टिकलाई फ्यान अवार्डबाट मनोनित गरियो ।

बेलोन डिओर र बेष्ट प्लेयर अवार्डमा के फरक छ ?

विश्व फुटबलको सबैभन्दा ठूलो निकायले प्रदान गर्ने बेष्ट प्लेयर अवार्डको यो दोस्रो संस्करण हो, जुन बेलोन डि’ओर भन्दा भिन्न हो ।

बोलोन डि’ओर अवार्ड फ्रान्सको फुटबल म्यागाजिनले सन् १९५६ यता प्रदान गर्दै आएको छ । विश्व फुटबल महासंघले बेलोन डि’ओरसँगको सहकार्य तोडेर बेष्ट प्लेयर अवार्ड दिन थालेको हो । फिफा वेष्ट प्लेयरको दुवै संस्करण रोनाल्डोले नै जिते । गत वर्षको जनवरीमा आयोजित अवार्डमा पनि पुरुषतर्फ बेष्ट प्लेयरको अवार्ड रोनाल्डोले नै जितेका थिए ।

फिफा बेष्ट प्लेयरका लागि फिफामा आबद्ध राष्ट्रिय टोलीका कप्तान र प्रशिक्षक, फुटबल पत्रकार र पहिलो पटक अनलाइन फ्यान पोलबाट पनि मत लिइएको थियो । हरेकबाट २५ प्रतिशतलाई आधार मानेर मत गणना गरिएको थियो ।