Saturday 23rd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

बालबालिकालाई खेलकुद सामग्री वितरण

Monday, October 16, 2017 National Power

३० असोज राजविराज  – सप्तरीको राजविराज–९ स्थित मलेठका बाढीपीडित बालबालिकाका लागि खेलकुद तथा स्टेशनरी सामग्री वितरण गरिएको छ ।

चिकागो नेपाली तराई सोसाइटीले आइतबार जनसेवा राप्रावि मलेठमा अध्ययन गर्ने १५७ जना छात्रछात्रालाई कापी डटपेन, क्रिकेट खेल खेल्ने ब्याट दुई थान, बल दुई थान, दुई भलिबल, ब्याडमण्टिन, छ स्कीपिङलगायत खेलकुदका सामग्री वितरण गरेको हो ।

सो अवसरमा मारवाडी सेवा समितिका अध्यक्ष सुरेश अग्रवाल, मारवाडी युवा मञ्चका मधुसुधन कावरा, राहुल साह, सावन चौधरी र असोक ठाकुरले सोही विद्यालयका छात्रछात्राको लागि खाजाका लागि बिस्कुट, चाउचाउ, फ्रुटी, वितरण गर्नुभएको संस्थाका मधुसुधन कावराले बताउनुभयो ।