Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

बालबालिकालाई खेलकुद सामग्री वितरण

Monday, October 16, 2017 National Power

३० असोज राजविराज  – सप्तरीको राजविराज–९ स्थित मलेठका बाढीपीडित बालबालिकाका लागि खेलकुद तथा स्टेशनरी सामग्री वितरण गरिएको छ ।

चिकागो नेपाली तराई सोसाइटीले आइतबार जनसेवा राप्रावि मलेठमा अध्ययन गर्ने १५७ जना छात्रछात्रालाई कापी डटपेन, क्रिकेट खेल खेल्ने ब्याट दुई थान, बल दुई थान, दुई भलिबल, ब्याडमण्टिन, छ स्कीपिङलगायत खेलकुदका सामग्री वितरण गरेको हो ।

सो अवसरमा मारवाडी सेवा समितिका अध्यक्ष सुरेश अग्रवाल, मारवाडी युवा मञ्चका मधुसुधन कावरा, राहुल साह, सावन चौधरी र असोक ठाकुरले सोही विद्यालयका छात्रछात्राको लागि खाजाका लागि बिस्कुट, चाउचाउ, फ्रुटी, वितरण गर्नुभएको संस्थाका मधुसुधन कावराले बताउनुभयो ।