Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

विषाक्त खानाका कारण श्रीलङ्कामा सय जना कामदार विरामी

Friday, October 13, 2017 National Power

२७ असोज,कोलम्बो – श्रीलङकाको एउटा कपडा उद्योगमा काम गर्ने एक सय जना भन्दा बढी मजदुरहरु बिहीबार विरामी भएका छन् ।

विषाक्ता खानाका कारण विरामी भएका उनीहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । कान्डीमा उद्योगले उपलब्ध गराएको विहानको खाजा खाएपछि मजदुरहरु एकएक धमाधम विरामी हुन थालेका थिए ।

खाजा खानेवित्तिकै आफुहरुलाई पेट दुख्ने, असजिलो महशुष हुने, बान्ता हुने लगायतका समस्याहरु देखा परेको उनीहरुले बताएका छन् । विरामी भएपछि उपचारका लागि उनीहरुलाई तत्काल कान्डी जनरल अस्पतालमा लगिएको प्रहरीले बताएको छ ।

घटनाका बारेमा थप अनुसन्धन भईरहेको प्रहरीको भनाई छ । यस महिना यस्तै घटना भएको यो दोस्रो हो । झण्डै दुई सय जना मजदुर कार्यरत अर्को कपडा उद्योगमा पनि गत अक्टोबर ४ मा यस्तै घटना भएको थियो । विहानको खाना खाएपछि उनीहरु विरामी भएका थिए ।