Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

जिल्लामा ७ हजार ३ सय मतदाता थपिए

Sunday, August 27, 2017 National Power

११ भदौ, तेह्रथुम – तेह्रथुममा ७ हजार ३ सय ९१ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको १ महिने अभियानमा ७ हजार ३ सय ९१ जना नयाँ मतदाता थपिएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयले जिल्लाका दुई नगरपालिका र चार वटै गाउँपालिकामा पुगेर आगामी प्रदेश सभा र संघको निर्वाचन प्रयोजनका लागि मतदाता नामावली संकलन अभियान सन्चालन गरेको थियो । यो अभियानमा ३ हजार ६ सय ८४ महिला र ३ हजार ७ सय ७ जना पुरुष मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले बताए ।