Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

जिल्लामा ७ हजार ३ सय मतदाता थपिए

Sunday, August 27, 2017 National Power

११ भदौ, तेह्रथुम – तेह्रथुममा ७ हजार ३ सय ९१ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको १ महिने अभियानमा ७ हजार ३ सय ९१ जना नयाँ मतदाता थपिएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयले जिल्लाका दुई नगरपालिका र चार वटै गाउँपालिकामा पुगेर आगामी प्रदेश सभा र संघको निर्वाचन प्रयोजनका लागि मतदाता नामावली संकलन अभियान सन्चालन गरेको थियो । यो अभियानमा ३ हजार ६ सय ८४ महिला र ३ हजार ७ सय ७ जना पुरुष मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले बताए ।