Saturday 7th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

प्राधिकरणका कर्मचारी घुस रकमसहित पक्राउ

Tuesday, August 1, 2017 National Power


१७ साउन, काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण दुहबी वितरण केन्द्र सुनसरीका फोरमेन गोविन्दप्रसाद न्यौपानेलाई रु ३० हजार घुससहित पक्राउ गरेको छ ।

नयाँ मिटर जडान गर्ने कार्यका लागि न्यौपानेले एक सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरीका आधारमा आयोगको विशेष टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो ।आयोग प्रवक्ता जीवराज कोइरालाले घुससहित पक्राउ परेका फोरमेन न्यौपानेमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।