अभिनेत्री सुस्मिता केसी (बम्जन) र चलचित्र पत्रकार उत्सव रसाइलीको विषयलाई लिएर चलचित्र पत्रकार संघले विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा चलचित्र निर्मात्री तथा अभिनेत्री सुस्मिता केसी (बम्जन)ले यस संघका कार्यसमिति सदस्य पत्रकार उत्सव रसाइलीलाई नियोजितरुपमा भौतिक आक्रमणको धम्की दिँदै मानसिक असर पर्ने गरी सामाजिक सञ्जाल फेसबुक माध्यमबाट गाली गलौज गरेकोप्रति चलचित्र पत्रकार संघ नेपाल गम्भीर ध्यानकर्षण सहित आपत्ति प्रकट गर्दछ भनिएको छ । उनलाई चलचित्र पत्रकारहरुले बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

चलचित्र पत्रकार संघका कार्यकारी सदस्य उत्सव रसाइलीलाई अभिनेत्री केसीले सामाजिक सञ्जाल फेसबुकबाट गाली बेइज्जती गरेको भन्दै संघले अभिनेत्री केसीसँग तीन दिनभित्र स्पष्टीकरण दिन पनि माग गरेको छ ।
संघका सचिव वैकुण्ठराज पराजुलीद्वारा मंगलबार जारी विज्ञप्तिमा तीन दिनभित्र स्पष्टिकरण नदिए केसीका समाचार बहिष्कार गर्ने चेतावनी दिएका छन् ।
अभिनेत्री केसीले पत्रकार स्वस्तिका चिलुवाललाई भौतिक आक्रमणको धम्की दिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।