Thursday 5th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

आगलागी भएको गाई फार्म पीडितलाई ४ लाख राहत

Thursday, July 13, 2017 National Power

२९ असार, काठमाडौं – काठमाडौंको सुन्दरीजलमा भएको गाई फार्म आगलागी पीडितलाई पशुपक्षी विकास मन्त्रालयले ४ लाख रुपैयाँ राहत दिएको छ ।

पशुपक्षी विकास मन्त्रालयका सचिव डाक्टर युवकध्वज जिसीले ४ लाख रुपैयाँको चेक ओम कृषी फार्मका सञ्चालक बाबुराम कार्कीलाई हस्तान्तरण गरेका छन। कार्यविधिमा कुनै पनि कृषि फार्ममा आगलागी भएमा क्षतिपूर्ति दिने व्यवस्था नभएकाले राहत रकम मात्रै दिइएको जानकारी दिए ।

सचिव युवकध्वज जिसीले कार्कीको गाई फार्मका टहरा बनाउनको लागि सहयोग गर्न पनि जिल्ला प्रशासन कार्यालय, जिल्ला पशुसेवा कार्यालय लगायतलाई निर्देशन दिए । असार ३ गते सुन्दरीजलमा रहेको ओम कृषी फार्ममा आगलागी हुँदा १ सय भन्दा धेरै गाई जलेर मरेका थिए । घाइते गाईलाई उपचार गर्न लागेको ३ लाख रुपैयाँ खर्च पनि पशुपक्षी विकास मन्त्रालयले बेहोर्ने पशुपक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले जानकारी दिए।