Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

प्रहरी र बन्द आह्वानकर्ता राजपाबीच झडप हुदा एक प्रहरी घाइते, राजपाका ३ कार्यकर्ता पक्राउ

Wednesday, June 14, 2017 National Power

३१ जेठ, रौतहट – गौरको सिसुवाचोकमा प्रहरी र बन्द आह्वानकर्ता राजपाबीच झडप भएको छ । झडपमा एक प्रहरी जवान घाइते भएका छन् भने मोर्चाका तीन कार्यकर्ता पक्राउ परेका छन् ।

झडपका कारण सिसुवाचोकको अवस्था तनावग्रस्त भएको छ । मोर्चाका कार्यकर्ताहरुले प्रहरी सवार भारतीय नम्बरको गाडी तोडफोड गर्दा झडप भएको हो । झडपमा घाइते प्रहरी जवानको एउटा हात भाँचिएको छ । घाइते प्रहरी जवानको नाम खुलाइएको छैन । मोर्चाका तीन जना कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय गौरमा राखिएको छ । पक्राउ पर्नेहरुमा रामेश्वर यादव, कमलेश सिन्हा र बच्चा यादव रहेका छन् ।

गौरको सुरक्षा व्यवस्था कडा पारिएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको तैनाथी बढाइएको छ । म्यादी प्रहरीहरुलाई पनि सुरक्षामा परिचालन गरिएको छ ।चुनाव बहिस्कारको निर्णय गरेको राजपाले चारदिने बन्द आह्वान गरेको छ । बन्द अवज्ञा गरेको भन्दै राजपाले ना ३ ख ५६२२ नम्बरको यात्रुबस तोडफोड गरेका छन् । बन्दको दोस्रो दिन रौतहटको जनजीवन प्रभावित भएको छ ।