Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

Thursday, June 8, 2017 National Power


२४ जेठ, काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समसामयिक राजनीतिक एवम् सरकार सञ्चालनका विषयमा छलफल गरेका छन् ।

अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा साँझ प्रधानमन्त्री देउवाले सरकार सञ्चालनका विषयमा कुराकानी भएको प्रचण्डका प्रेस संयोजक मनहरि तिमिल्सिनाले जानकारी दिए ।

देउवाले प्रधानमन्त्रीको पद सम्हालेपछिको प्रमुख सत्तासाझेदार पार्टी माओवादी केन्द्रका अध्यक्षसँगको भेटवार्तामा आपसी सहमति र सहकार्यका आधारमा अघि बढ्ने विषयमा छलफल गरेका थिए ।