Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदै

Wednesday, May 31, 2017 National Power

१७ जेठ, काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिको सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदैछ । राष्ट्रपतिले बिहीबार नेपालको संविधानको धारण २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन गर्न आह्वान गरेकी थिईन् ।

तर सहमतिको सरकार गठनका लागि कुनै प्रयास नभए पछि आज राष्ट्रपतिले नै सर्वदलीय बैठक बोलाएकी छन् । सर्वदलीय बैठकपछि बहुमतीय सरकार गठनका लागि उनले आह्वान गर्न सक्नेछिन् । यसैबीच आफ्नो नेतृत्वमा बहुमतीय सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रयास जारी राखेका छन् ।

नेकपा माओवादी केन्द्रसँग भएको सहमतिअनुसार पुष्पकमल दाहालले सरकारको नेतृत्व छाडिदिएपछि देउवाले प्रयास जारी राखेका हुन् । उनले मंगलबार पनि सर्वदलीय बैठक आह्वान गरेका थिए भने आन्तरिक भेटवार्ता पनि जारी राखेका छन् ।