Friday 7th February 2025

    जुनिम र सरिना फिचर्ड ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी’ रिलिज    जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिसंग आग्रह    भाइरल बन्दै रमेश श्रेष्ठ ‘मेलोडी’ को नयाँ गीत ‘मोटर गाडी’!    “ओई माया ओई” सार्वजनिक    ‘चेम्बर एक्स्पोले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको छ ‘ : उद्योग मन्त्री भण्डारी

राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदै

Wednesday, May 31, 2017 National Power

१७ जेठ, काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिको सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदैछ । राष्ट्रपतिले बिहीबार नेपालको संविधानको धारण २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन गर्न आह्वान गरेकी थिईन् ।

तर सहमतिको सरकार गठनका लागि कुनै प्रयास नभए पछि आज राष्ट्रपतिले नै सर्वदलीय बैठक बोलाएकी छन् । सर्वदलीय बैठकपछि बहुमतीय सरकार गठनका लागि उनले आह्वान गर्न सक्नेछिन् । यसैबीच आफ्नो नेतृत्वमा बहुमतीय सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रयास जारी राखेका छन् ।

नेकपा माओवादी केन्द्रसँग भएको सहमतिअनुसार पुष्पकमल दाहालले सरकारको नेतृत्व छाडिदिएपछि देउवाले प्रयास जारी राखेका हुन् । उनले मंगलबार पनि सर्वदलीय बैठक आह्वान गरेका थिए भने आन्तरिक भेटवार्ता पनि जारी राखेका छन् ।