Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

शंखरापुर नगरपालिका र दक्षिणकाली नगरपालिकामा एमाले अगाडि र ललितपुरमा कांग्रेस अगाडि

Monday, May 15, 2017 National Power

शंखरापुर नगरपालिकामा एमाले अगाडि

१ जेठ, काठमाडौं – काठमाडौंको शंखरापुर नगरपालिकामा मेयरमा नेकपा एमालेले अग्रता लिएको छ । आज रातिदेखि नै मतगणना भइरहेकोमा पाँच सय भन्दा बढी मत गनिसक्दा एमालेले अग्रता लिएको हो । एमालेका मेयरका उम्मेद्वार सुवर्ण श्रेष्ठले एक सय ८७ मत पाएका छन । यस्तै माओवादी केन्द्रका मेयरका उम्मेद्वार कृष्णराज सुवेदीले १३८ तथा कांग्रेसका मेयर उम्मेद्वार शंकर तिवारीले ७१ तथा राप्रपाका मेयर उम्मेद्वार मिजेन्द्रकाजी श्रेष्ठले १८ मत पाएका छन ।

दक्षिणकाली नगरपालिकामा एमाले अगाडि

काठमाडौंको दक्षिणकाली नगरपालिकामा भइरहेको मतगणनामा एमालेले अग्रता लिएको छ । झण्डै दुईसय मत गणना भइसक्दा मेयरमा एमालेको १०५ र कांग्रेसको ४४ मत आएको छ । अहिले पनि मतगणना जारी छ ।

ललितपुरमा कांग्रेस अगाडि

ललितपुर महानगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । मध्यरातसम्म एमालेले अग्रता लिएकोमा पछिल्लो मत परिणाममा कांग्रेस अघि देखिएको हो ।
वडा नं. १ बाट मतगणना सुरु भएको छ । पछिल्लो मत परिणाम अनुसार मेयरमा कांग्रेसको ८७, एमालेको ५५, माओवादी केन्द्रको १५ र साझा पार्टीको १६ मत आएको छ ।