Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

चुरे क्षेत्रमा तीन दिनदेखि भीषण आगलागी

Sunday, April 30, 2017 National Power

१७ बैशाख, कञ्चनपुर – चुरे क्षेत्रमा तीन दिनदेखि भीषण आगलागी भइरहेको छ ।

नाइलदेखि पश्चिम धारापानी खोलासम्मको लखने र बेलगाडा क्षेत्रको तीन किमीको दायरामा भएको आगलागीबाट चुरे क्षेत्रमा रहेका बोटविरुवा तथा काठ जलेर नोक्सान भएको वैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताए ।

भालु खोलादेखि पश्चिम धारापानी खोलासम्मको क्षेत्रको आगलागी सामुदायिक वनका हेरालुको सहयोगमा नियन्त्रणमा लिइए पनि हावाहुरी चल्न थालेकाले भिरालो जमिनको माथिबाट ढुङ्गा खस्ने क्रम जारी रहेकाले अन्य क्षेत्रको आगलागी नियन्त्रणमा लिन नसकिएको उनले बताए ।

आगलागीका कारण चुरे क्षेत्रमा रहेका जङ्गली जनावर तराईतर्फका वन र बस्तीमा जान थालेकाले चोरी, सिकार हुने प्रबल सम्भावना बढेको सल्लेरी सामुदायिक वनका अध्यक्ष मोहन ऐरले बताए । आगलागी नियन्त्रणका लागि वन कार्यालयको टोली भने त्यसतर्फ पुग्न सकेको छैन ।