Sunday 1st March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

चुरे क्षेत्रमा तीन दिनदेखि भीषण आगलागी

Sunday, April 30, 2017 National Power

१७ बैशाख, कञ्चनपुर – चुरे क्षेत्रमा तीन दिनदेखि भीषण आगलागी भइरहेको छ ।

नाइलदेखि पश्चिम धारापानी खोलासम्मको लखने र बेलगाडा क्षेत्रको तीन किमीको दायरामा भएको आगलागीबाट चुरे क्षेत्रमा रहेका बोटविरुवा तथा काठ जलेर नोक्सान भएको वैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताए ।

भालु खोलादेखि पश्चिम धारापानी खोलासम्मको क्षेत्रको आगलागी सामुदायिक वनका हेरालुको सहयोगमा नियन्त्रणमा लिइए पनि हावाहुरी चल्न थालेकाले भिरालो जमिनको माथिबाट ढुङ्गा खस्ने क्रम जारी रहेकाले अन्य क्षेत्रको आगलागी नियन्त्रणमा लिन नसकिएको उनले बताए ।

आगलागीका कारण चुरे क्षेत्रमा रहेका जङ्गली जनावर तराईतर्फका वन र बस्तीमा जान थालेकाले चोरी, सिकार हुने प्रबल सम्भावना बढेको सल्लेरी सामुदायिक वनका अध्यक्ष मोहन ऐरले बताए । आगलागी नियन्त्रणका लागि वन कार्यालयको टोली भने त्यसतर्फ पुग्न सकेको छैन ।