Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

निलकण्ठ नगरवासीको विश्वास ढुङ्गाना माथि

Thursday, April 27, 2017 National Power

निलकण्ठ नगरवासीको विश्वास ढुङ्गाना माथि

आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा धादिङ जिल्लाको सबैभन्दा महत्वपूर्ण मानिएको निलकण्ठ नगरपालिकाको मेयर को हुने भन्ने विषयले प्रमुखता पाएको छ । यस्तो जिल्ला स्थित विभन्न राजनीतिक दलहरुले जिल्ला स्थित आफ्ना प्रभावशाली उम्मेदवारहरुलाइ अघि सारिरहेका छन् । नेपाली काँग्रेसको तर्फबाट पनि विभिन्न व्यक्तिहरुको नाम चर्चा आइरहेको छ । राजनीतिक दलका जिल्ला स्थित नेतृत्वहरु मेयरको आकांक्षीहरु मध्येबाट कस्लाइ टिकट दिने भन्ने विषयमा सदरमुकाम केन्द्रित भएर जोड घटाउमा व्यस्त छन् । तर नगरवासीको विश्वास पात्र को हुन् भन्ने विषयमा भने केही अन्यौलता पाइएको छ ।
यस्तोमा नेपाली काँग्रेसको झण्डामुनी बसेर राजनीति गरिरहेको भएतापनि आम नगरवासीको नजरमा भने भिम प्रसाद ढुङ्गाना मेयरको लागि सबैभन्दा उपयुक्त पात्र देखिएका छन् । नगरपालिकामा गाभिएको साविकका विभिन्न गाविसका स्थानीय वासिन्दा, जिल्ला स्थित बुद्धीजिवी, पत्रकार, अधिकारकर्मी, युवा, किसान, उद्यमी लगाएतले अहिले अवस्थामा नगरपालिकालाई नेतृत्व दिन सक्ने एकमात्र पात्रको रुपमा ढुङ्गानालाई लिएका छन् ।


विगतमा पनि जनतासंगै बसेर जनताको समस्या समाधान गर्ने, दुर दराजका जनतालाई खानेपानीको सेवा पुर्याउने काममा अहोरात्र लागिरहेका छन् । त्यतीमात्र होईन विगतमा तत्कालिन मुरलीभञ्ज्याङ्ग गाविसको अध्यक्ष हुँदा गरेका विभिन्न विकास निर्माण कामहरुबाट पनि उनलाई जनताले विश्वास गर्ने गरेका छन् । त्यसबेला गाउँगाउँमा मोटरबाटो, खानेपानी, विजुलीवत्ती पुर्याउनुको साथै युवा उद्यमीहरुलाइ आवश्यक पर्ने सहयोग गरेका थिए ।
ढुङ्गाना विकास निर्माणको काम मात्र नभएर जनतालाइ भैपरी आउने विभिन्न समस्याहरुको समाधानको लागि पनि उत्तिकै खटिने गरेका छन् । त्यसैले नगरवासीहरु ढुङ्गानालाई एउटा पार्र्टीको नेताको रुपमा भन्दा पनि आम जनताको साथीको रुपमा लिने गरेका छन् । कुनै पार्टी नभनी सबै जनता मेरै जनताहुन भन्ने तवरले काम गर्ने उनको कार्यशैलीले नै आम जनतामाझ लोकप्रिय भएका हुन् ।
भिजन भएका युवा नेता ढुङ्गाना जिल्ला हाल देखिएका अन्य आकाँक्षीहरु भन्दा निकैनै सबल पात्र हुन । उनी जनताको आम समस्यासंग परिचित र त्यस्त समस्यालाइ समाधान गर्न सक्ने एक मात्र सक्षम पात्र पनि हनु । राजनीतिक अनुभव, युवा शक्ति, अग्रगामी सोच, दीर्घकालिन भिजन, जनताको विश्वास, फरक तथा आक्र्रमक कार्यशैली सबैलाई मिलाएर लान सक्ने क्षमता यीनको सबल पक्ष हो । सबैभन्दा महत्वपूर्ण सबैभन्दा समय र जनताको माग अनुसारको योजना र उक्त योजनालाइ कार्यान्वयन गर्ने स्पष्ट खाका बोकेका व्यक्ति भएको हुनाले उनीनै मेयरको सबैभन्दा बलियो उम्मेदवार देखिएका छन् ।
यसरी नगरवासीको मनोभावना बुझ्दा यदि ढुङ्गाना उम्मेदवार भएर आउने हो भने अधिकांश नगरवासीले विश्वास गर्ने आधार देखिएको छ ।