Tuesday 15th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

आगलागीबाट करिव आठ लाख बराबरको क्षति

Thursday, April 27, 2017 National Power


१४ बैशाख, सुनसरी – सुनसरीको हरिनगरा गाउँपालिका–६ घुस्कीमा गएराति आगलागीमा परी छ वटा घर जलेर नष्ट भएका छन् ।

स्थानीयवासी हरिस अन्सारीको घरबाट अचानक आगलागी हुँदा छ परिवारका छवटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।आगलागीमा स्थानीयवासी हसिम अन्सारी, वारोस अन्सारी, हरिस अन्सारी, जमाल अन्सारी, उस्मान अन्सारी र हारुन अन्सारी गरी जम्मा छ परिवारको छवटा घर जलेर नष्ट भएको सुनसरीका प्रहरीले जनाए ।

आगलागीबाट करिव रु आठ लाख बराबरको क्षति भएको स्थानीयवासीले बताएका छन् । तर जिल्ला प्रहरी कार्यालय सुनसरीले क्षतिको विवरणबारे नआइसकेको जनाएको छ । आगलागीलाई स्थानीयवासी, नेपाल प्रहरी, इनरुवा र इटहरीबाट आएको बारुणयन्त्रले नियन्त्रणमा लिएको थियो ।