Saturday 7th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

आगलागीबाट करिव आठ लाख बराबरको क्षति

Thursday, April 27, 2017 National Power


१४ बैशाख, सुनसरी – सुनसरीको हरिनगरा गाउँपालिका–६ घुस्कीमा गएराति आगलागीमा परी छ वटा घर जलेर नष्ट भएका छन् ।

स्थानीयवासी हरिस अन्सारीको घरबाट अचानक आगलागी हुँदा छ परिवारका छवटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।आगलागीमा स्थानीयवासी हसिम अन्सारी, वारोस अन्सारी, हरिस अन्सारी, जमाल अन्सारी, उस्मान अन्सारी र हारुन अन्सारी गरी जम्मा छ परिवारको छवटा घर जलेर नष्ट भएको सुनसरीका प्रहरीले जनाए ।

आगलागीबाट करिव रु आठ लाख बराबरको क्षति भएको स्थानीयवासीले बताएका छन् । तर जिल्ला प्रहरी कार्यालय सुनसरीले क्षतिको विवरणबारे नआइसकेको जनाएको छ । आगलागीलाई स्थानीयवासी, नेपाल प्रहरी, इनरुवा र इटहरीबाट आएको बारुणयन्त्रले नियन्त्रणमा लिएको थियो ।