Saturday 14th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

शान्तिपूर्ण कार्यक्रममा अवरोध नगर्न सरकारसँग माग

Wednesday, April 26, 2017 National Power

१३ बैशाख, वीरेन्द्रनगर – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले आफ्नो पार्टीको शान्तिपूर्ण कार्यक्रमलाई प्रहरीले हस्तक्षेप गरिरहे स्थानीय तहमा विभिन्न पार्टीबाट उम्मेदवारहरुलाई अपहरण गर्ने चेतावनी दिएका छन्।

वीरेन्द्रनगर सुर्खेतमा पत्रकार सम्मेलन गरी पुनले गाउँगाउँबाट उम्मेदवार असुरक्षित भएको भन्दै स्थानीय चुनावका उम्मेदवारलाई अपहरण गर्ने धम्की दिएका छन्। उनले भने, ‘यदि सहरबाट हाम्रो पार्टीका कार्यकर्ता गिरफ्तार गरेजस्तै पार्टीले गाउँगाउँबाट उम्मेदारहरुलाई अपहरण गर्ने सम्मका कार्यक्रमा ल्याउने छ।’ उनले सोमबार सुर्खेतको वीरेन्द्रनगरमा पार्टीले शान्तिपूर्ण जनसभा गर्न खोज्दा पनि प्रहरीले विनाकारण हस्तक्षेप गरेको भन्दै यस्तो चेतावनी दिएका हुन्। आफ्नो पार्टीको शान्तिपूर्ण कार्यक्रममा अवरोध नगर्न सरकारसँग माग गर्दै पुनले शान्तिपूर्ण कार्यक्रममा रोक लगाइए आफूहरु जस्तोसुकै कदम चाल्न पनि पछि नहट्ने दाबी गरेका छन्।