Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

रूसकाे रेल स्टेशनमा विस्फाेट, १० काे मृत्यु

Tuesday, April 4, 2017 National Power

चैत्र २२, रूस – रुसको सहर सेन्ट पिटर्सवर्गमा भएको एक बिष्फोटमा परी कम्तिमा १० जनाको मृत्यु भएको छ । शहरको एक अन्डरग्राउण्ड स्टेशनमा बिष्फोट भएको थियो ।
बिष्फोट लगत्तै सोसल मिडियामा पोष्ट गरिएका तस्बिरमा घाइतेहरुलाई यत्रतत्र छरिएको देखिएको छ ।

बिष्फोट लगत्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अनुसन्धान जारी रहेको बताएका छन् । विभिन्न एजेन्सीमा प्रकाशित समाचार अनुसार घटनामा ५० जना भन्दा बढी घाइते भएका छन् ।
केही दिन अघि राष्ट्रपति पुटिन सेन्ट पिटर्सवर्ग आएका थिए ।
बिष्फोटपछि सेन्ट पिटर्सवर्गको अन्डरग्राउन्ट मेट्रोको सेवा बन्द गरिएको छ । यो विश्वकै १९ औं व्यस्त मेट्रो हो । जहाँ दैनिक २० लाख मानिस ओहोरदोहोर गर्छन् ।
बिष्फोटको जिम्मा एक इस्लामिक समूहले लिएको छ ।