Saturday 19th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

चितुवाको आक्रमणबाट दुई घाइते

Friday, March 31, 2017 National Power

१८ चैत, मोरङ – चितुवाको आक्रमणबाट मोरङको पथरी शनिश्चरे–५ मा बिहीबार बेलुका दुईजना घाइते भएका छन् ।

घाइते हुनेमा पथरी शनिश्चरे–५ का ३५ वर्षीय अनिल धिमाल र सोही ठाउँका २२ वर्षीय पवन ऋषिदेव रहेकाछन् ।

साँझ ५ बजेतिर स्थानीयवासी योगेन्द्र थापाले लगाएको टिकको नर्सरी बारीमा काम गर्दै गरेका अनिललाई चितुवाले आक्रमण गरेपछि हेर्न भनी गएका पवनलाई समेत आक्रमण गरेको र स्थानीय अस्पतालमा उनीहरुको उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।