Monday 6th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

अष्ट्रेलियामा शक्तिशाली आँधीबेहरीका कारण ठूलो क्षति

Tuesday, March 28, 2017 National Power

१५ चैत, अष्ट्रेलियाको उत्तर-पूर्वी तटीय क्षेत्रमा शक्तिशाली आँधीबेहरीका कारण ठूलो क्षति हुनुका साथै दशौँ हजार घरहरुमा विद्युत आपूर्ति काटिएको छ।

साइक्लोन डेबी नाम दिएको उक्त आँधीले क्विन्जल्याण्ड राज्यमा सबैभन्दा बढी प्रभाव पारेको छ।त्यहाँ २६३ किलोमिटर प्रतिघण्टा वेग रहेको उक्त आँधीसँगै भीषण वर्षा भइरहेको खबर छ। शुरुमा एकदमै शक्तिशाली अर्थात चौथो क्याटेगोरीुमा राखिएको उक्त आँधीको शक्ति केही कम भएपछि तेश्रो क्याटेगोरीमा झार्न लागिएको विवरणहरुमा उल्लेख छ।  आँधीले जनधनको क्षति गर्न सक्ने आंकलन गरिएको छ।

डेबी आँधीका कारण अहिलेसम्म एकजना गम्भीर घाइते भएको विवरणहरुमा जनाइएको छ।क्विन्जल्याण्डकी सरकार प्रमुख एनसटेजा प्यालासेले समुदायमा विद्युत र सञ्चार सम्पर्कविच्छेद भएकाले क्षतिको मूल्यांकन गर्न गाह्रो हुने प्रतिक्रिया दिएकी छन्।उनले आँधीका कारण ढलेको पर्खालले पुरेर एकजना पुरुष घाइते
अधिकारीहरुले मानिसहरुलाई आँधीबेहरी नरोकिएसम्म घर बाहिर ननिसक्न,
स्थानीय अग्नि नियन्त्रकहरुलाई समेत आँधीको गति घटेर ८० किलोमिटर प्रतिघण्टा नहुँदासम्म बाहिर नजान निर्देशन दिइएको छ।