Thursday 16th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

घोडेजात्राको अवसरमा ‘हाइकु’कविता वाचन

Tuesday, March 28, 2017 National Power

१५ चैत, काठमाडौँ – घोडेजात्राको अवसरमा घोडाको विषयलाई समेटेर नेपालमा पहिलो पटक ‘हाइकु’ कविता वाचन गरिएको छ ।

सोमबार नेपाल हाइकु केन्द्रबाट घोडेजात्राको अवसरमा पहिलो पटक ‘घोडा’ विषयमा आयोजना गरिएको कार्यक्रममा करिब २० जना साहित्यकारले हाइकु वाचन गरेका थिए । उक्त कार्यक्रम ललितपुर र सातदोबाटोमा आयोजना गरिएको थियो । कार्यक्रममा घोडासम्बन्धी प्रसिद्ध साहित्यकार तथा हाइकुकारले हाइकु कविता वाचन गरेका थिए ।

यस किसिमको कविता नेपालमा पहिलो पटक विसं २०१९ मा शङ्कर लामिछानेले लेखेका थिए ।

नेपालमा हाइकुको राम्रो सम्भावना रहेकाले यसको विकास गर्न अत्यन्तै आवश्यक रहेको प्रसिद्ध यौन साहित्यकार पुस्कर लोहनीले बताए ।

हाइकु जापानी शैलीमा लेखिएको तीन हरफको कविता हो ।