Wednesday 8th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

बम बिस्फोटमा बंगलादेश एक पुलिससहित तीनको मृत्यु

Sunday, March 26, 2017 National Power

१३ चैत, – बंगलादेशको उत्तर पूर्वी शहर सिलहटमा भएको दुई बम बिस्फोटमा कम्तीमा पनि तीनजनाको ज्यान भएको त्यहाँका अधिकारीले बताए।

सुरक्षा अधिकारीका अनुसार मृत्यु हुनेमा एक पुलिस अधिकारी पनि संलग्न छन् । उक्त बिस्फोटमा थुप्रै मानिसहरु घाइते भएका त्यहाँका अधिकारीले बताएका छन् ।उक्त बिस्फोट एक बिल्डिङ नजिकै भएको संदिग्ध चरमपन्थी र सेनाका कमान्डोबिच संघर्ष भएको बताइएको छ ।सिलहट मेट्रोपोलिटन पुलिसका प्रवक्ता जिदान अल मूसाका अनुसार बम बिस्फोटमा इन्स्पेक्टर चौधरी अबू कैसरको मृत्यु भएको हो भने मारिएका अन्य दुईमध्ये एक हमलाकर्ता हुनसक्ने आशंका गरिएको छ । संदिग्ध चरमपन्थीहरुले सुरक्षा बलमाथि हमला गरे । उक्त घटनामा ४० भन्दा बढि घाइते भएका छन् ।