Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

शैक्षिक तथा धार्मिक महोत्सव गरि दुई करोडभन्दा बढी रकम सङ्कलन

Sunday, March 26, 2017 National Power

१३ चैत, खोटाङ -दिक्तेल बहुमुखी क्याम्पसको सहयोले माटिकोरे खेलमैदानमा शैक्षिक तथा धार्मिक महोत्सव आयोजना गरि दुई करोडभन्दा बढी रकम सङ्कलन भएको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक देवी रिजालले क्याम्पसलाई मुलुककै नमुना क्याम्पस बनाउन सहयोग रकम जुटाउने उद्देश्यले आयोजित एकहप्ते शैक्षिक तथा धार्मिक महोत्सवमा अन्तिम दिन शनिबार रु दुई करोड १७ लाख ३१ हजार ३३१ सङ्कलन भएको ले जानकारी दिए।

क्याम्पस प्रमुख डा शुकराज राईले विसं २०३७ मा स्थापित क्याम्पसमा स्नातक र स्नातकोत्तर तहका विभिन्न सङ्कायतर्फका विषय थप गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि स्रोत जुटाउन शैक्षिक तथा धार्मिक महोत्सव आयोजना गरिएको बताए ।
महोत्सवमा सङ्कल्पकर्ता गोविन्दशरण महाराजजी र मीरादेवीले प्रवचन दिएका थिए ।

जिल्लाकै सबैभन्दा पुरानो क्याम्पस दिक्तेल बहुमुखी क्याम्पसमा अहिले भौतिक पूर्वाधार अभावमा पठनपाठन गर्न समस्या देखिएको छ ।