Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

विश्वका नेताहरुद्वारा लण्डन हमलाको निन्दा

Thursday, March 23, 2017 National Power

१०, चैत लण्डन – विश्वका नेताहरुले ब्रिटेनसंग लण्डनमा भएको आतंकवादी हमलाको निन्दा गर्दै ऐक्यबद्धता जनाएका छन्।

बुधबार भएको मध्ये लण्डनस्थित ब्रिटिश संसद भवन नेर आतंकवादी हमलामा परी एक प्रहरी र एक हमलाकारी सहित कूल पाँच जनाको मृत्यु भएको छ।सोही घटनामा ४० जना घाइते भएका छन्।
एकजना हमलाकारीले आफु चढेको कार पदयात्रीहरु भएतिर जोत्दा वेष्टमिन्सटर पुलमा तीन जना मारिएका थिए। ती हमलाकारीले संसद बाहिर एक प्रहरीलाई छुरा प्रहार गरे लगत्तै ती हमलाकारीलाई गोली हानिएको थियो।
फ्रान्सका राष्ट्रपति फ्राँस्वाँ ओलाँदले हामी फ्रान्सको तर्फबाट ब्रिटेनलाई सम्पूर्ण साथ र समर्थन दिनेछौ । अघिल्लो बर्ष जुलाईमा एक पुरुषले लरी जोत्दा फ्रान्सको शहर नीसमा ८४ जनाको ज्यान गएको थियो।
त्यस्तै अमेरिकी राष्ट्रपति र जर्मन चान्सलर एंगेला मर्कलले समवेदना प्रकट गर्दै ब्रिटिश सुरक्षा फौजको प्रशंसा गरेका छन्। उक्त घटना बुधबार अपरान्ह पौने तीन तिर भएको थियो।
उक्त हमलासंग इसलामवादीसंग सम्बन्धित हुन सक्ने प्रहरीले जनाएको छ।
मेट्रोपोलिटन प्रहरीका वरिष्ठ प्रति आतंकवाद अधिकारी मार्क रावले ले आफुहरुलाई हमलाकारीको परिचय थाहा भइसकेको विश्वास व्यक्त गरे तर थप विवरण दिएनन्।
डाउनीङ्ग स्ट्रीटमा मन्त्रीहरुसंगको आपतकालीन बैठकपछि बोल्दै उनले घाइते तथा जसले आफ्नो ज्यान जोखिममा पारी हामीलाई सुरक्षित राजसले आफ्नो ज्यान जोखिममा पारी हामीलाई सुरक्षित राख्ने सुरक्षाकर्मीहरुप्रति सम्मान प्रकट गरिन्। घटनाबाट प्रभावित सबैलाई हामीले सम्झिराखेका छौं। घाइते हरु अनि तिनका परिवार र मित्र जसले आफ्ना प्रियजन गुमाए। साथै यो घटनाका बेला संसदमा रहेका हामी सबैलाई यतिखेर सुरक्षाकर्मीका असाधारण वीरता फेरि स्मरण भएको छ।