Wednesday 8th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

विश्वका अर्बपतिहरुको सूचीमा विनोद चौधरी १५६७ औं स्थानमा

Tuesday, March 21, 2017 National Power

८ चैत, काठमाडौं – अमेरिकी पत्रिका फोर्ब्सले विश्वका अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा नेपालका उद्योगपति विनोद चौधरी १५६७ औं स्थानमा पनि परेका छन् ।

फोर्ब्सका अनुसार चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको सम्पत्ति १ अर्ब ३० करोड डलर छ । यो अघिल्लो वर्षको तुलनामा २० करोड बढी थपिएको छ। सन् २०१५ मा पनि उनको सम्पत्ति १ अर्ब ३० करोड डलर नै थियो ।

चौधरी पहिलो पटक २०१३ मा विश्वका अर्बपतिहरुको सूचीमा परेका थिए ।

यो वर्ष अर्बपतिहरुको पहिलो नम्बरमा अमेरिकी धनाढ्य बिल गेट्स छन् । माइक्रोसफ्टका सहसंस्थापकको सम्पत्ति ८६ अर्ब डलर रहेको फोर्ब्सले जनाएको छ ।यो सूचीमा १५७७ जना अर्बपतिहरु रहेका छन् ।