Wednesday 29th March 2023

    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान    कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु    ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

भारतमा दाइले बलात्कार गरे, भाइले आँखा फुटाइदिए

Friday, March 17, 2017 National Power

४ चैत भारत – भारत उत्तर प्रदेशको राजधानी लखनउसँग जोडिएको उन्नाव जिल्लाको एक गाउँमा युवतीको बलात्कार भएको र बलात्कार गर्नेका भाइले पीडित युवतीको दुबै आँखा फुटाइदिएको घटना सार्बजनिक भएको छ ।

बिहान घरबाट करिब १ सय मिटर टाढा शौचका लागि गएको बेला घटना उन्नावको बलदेव खेडा गाउँमा १९ वर्षकी युवतीलाई एक युवकले बलात्कार गरेका थिए । यो घटना निकै गम्भीर छ र आरोपीहरुलाई छिट्टै पक्रेर कडा सजाय दिलाइनेछ, उत्तर प्रदेश पुलिस महानिर्देशक जावीद अहमदले लखनउमा पत्रकारहरुलाई जानकारी दिदै भनेका थिए ।

प्रहरीका अनुसार यी युवती यसअघि १५ मई सन् २०१५ मा आफ्नो घर छेउँमा चौपाया चराइरहेको बेला पनि बलात्कृत भएकी थिइन् । त्यतिबेला छिमेकी जोधाखेडा गाउँका दुई व्यक्ति मुन्ना र मतईले उनलाई सामूहिक बलात्कार गरे । पीडित युवती उन्नावको एक कलेजमा स्नातक तह अध्ययनरत छात्रा हुन् र उनको बुवा एक सामान्य किसान हुन् ।