Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

प्याकुरेलकाे घरमा एमालेकाे अाकस्मिक वैठक, ३ दिनका लागि अभियान स्थगित

Monday, March 6, 2017 National Power

२३ फागुन, सप्तरी – एमाले नेता सुमन राज प्याकुरेलकाे सप्तरी स्थित घरमा एमालेकाे अाकस्मिक वैठक बसिरहेकाे छ । अाज सप्तरीमा भएकाे घटना पछि अाजै साँझ कञ्चनपुरमा गर्ने भनिएकाे विभिन्न कार्यक्रम स्थगित गरिएकाे जनाइएकाे छ ।

यसै वैठकबाट एमालेले मेची महाकाली अभियान ३ दिनका लागि स्थगित गरेकाे खबर अाएकाे छ ।

बैठकमा पार्टी अध्यक्ष केपी ओली, बरिष्ठ नेताहरु माधकुमार नेपाल, झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल लगायत शीर्ष नेताहरुको टीम सहभागी छ ।

वैठकमा अाज भएकाे कार्यक्रमकाे समिक्षा गरिने तथा अभियानलाइ कसरी अगाडी लाने भन्ने विषयमा छलफल भइरहेकाे जानकारी छ ।

यसअघि अाज कञ्चनपुरमा बास बस्ने कार्यक्रम रहेपनि राजविराजकाे घटना पछि रूपनगर स्थित प्याकुरेलकाे घरमा नेताहरूकाे बास सारिएकाे छ । रूपनगर स्थित प्याकुरेलकाे घर वरिपरि नेपाल प्रहरी र सशस्त्र प्रहरी व्यापक परिचालन गरिएकाे छ ।