Wednesday 29th March 2023

    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान    कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु    ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

प्याकुरेलकाे घरमा एमालेकाे अाकस्मिक वैठक, ३ दिनका लागि अभियान स्थगित

Monday, March 6, 2017 National Power

२३ फागुन, सप्तरी – एमाले नेता सुमन राज प्याकुरेलकाे सप्तरी स्थित घरमा एमालेकाे अाकस्मिक वैठक बसिरहेकाे छ । अाज सप्तरीमा भएकाे घटना पछि अाजै साँझ कञ्चनपुरमा गर्ने भनिएकाे विभिन्न कार्यक्रम स्थगित गरिएकाे जनाइएकाे छ ।

यसै वैठकबाट एमालेले मेची महाकाली अभियान ३ दिनका लागि स्थगित गरेकाे खबर अाएकाे छ ।

बैठकमा पार्टी अध्यक्ष केपी ओली, बरिष्ठ नेताहरु माधकुमार नेपाल, झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल लगायत शीर्ष नेताहरुको टीम सहभागी छ ।

वैठकमा अाज भएकाे कार्यक्रमकाे समिक्षा गरिने तथा अभियानलाइ कसरी अगाडी लाने भन्ने विषयमा छलफल भइरहेकाे जानकारी छ ।

यसअघि अाज कञ्चनपुरमा बास बस्ने कार्यक्रम रहेपनि राजविराजकाे घटना पछि रूपनगर स्थित प्याकुरेलकाे घरमा नेताहरूकाे बास सारिएकाे छ । रूपनगर स्थित प्याकुरेलकाे घर वरिपरि नेपाल प्रहरी र सशस्त्र प्रहरी व्यापक परिचालन गरिएकाे छ ।