Wednesday 23rd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

मण्डिखाटार,सुकेधारा र चप्पल कारखानामा विद्युत् अवरोध

Saturday, March 4, 2017 National Power

२१ फागुन,काठमाडौँ-आज बिहान ६ बजे न्यु–चाबहिल सबस्टेसनबाट निस्कने ११ केभी ओम फिडरको ओभरहेड लाइन सुरु हुनुअघिको भूमिगत केबलमा मेलम्ची खानेपानी आयोजनाको काम गराइबाट क्षति हुन पुगी सुकेधारा, मण्डिखाटार, चप्पल कारखाना क्षेत्र लगायत ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।

प्राविधिक टोली सो स्थलमा खटिइसकेकाले क्षतिग्रस्त केबल मर्मत हुनासाथ आपूर्ति पुनःसञ्चालन हुने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो ।