Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

मण्डिखाटार,सुकेधारा र चप्पल कारखानामा विद्युत् अवरोध

Saturday, March 4, 2017 National Power

२१ फागुन,काठमाडौँ-आज बिहान ६ बजे न्यु–चाबहिल सबस्टेसनबाट निस्कने ११ केभी ओम फिडरको ओभरहेड लाइन सुरु हुनुअघिको भूमिगत केबलमा मेलम्ची खानेपानी आयोजनाको काम गराइबाट क्षति हुन पुगी सुकेधारा, मण्डिखाटार, चप्पल कारखाना क्षेत्र लगायत ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।

प्राविधिक टोली सो स्थलमा खटिइसकेकाले क्षतिग्रस्त केबल मर्मत हुनासाथ आपूर्ति पुनःसञ्चालन हुने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो ।