Thursday 16th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

म्यूजिक खबर म्यूजिक अवार्ड २०१७ को आवेदन खुला

Sunday, February 19, 2017 National Power

८ फागुन , काठमाण्डौ – छैटौं म्यूजिक खबर म्यूजिक अवार्ड २०१७ को आवेदन खुला गरिएको छ । विगत ५ अगाडिदेखि विभिन्न ३३ विधामा केन्द्रित रहेर आयोजना गरिँदै आएको यस अवार्डको छैटौं संस्करणको लागि गीतसंगीतका स्रष्टा र सिर्जनालाई मनोनयनको लागि आवेदन खुला गरिएको आयोजक संस्थाका कार्यक्रम संयोजक सबिता पोखरेलले जानकारी दिइन् ।

‘स्तरीय एवं मौलिक संगीतको धार नेपाली गीतसंगीतको आधार’ भन्ने मूल नारालाई आत्मसात गर्दै म्यूजिक खबर डटकमको आयोजनामा गरिँदै आइएको यस अवार्डमा लोकदोहोरी, पप, आधुनिक, राष्ट्रिय भावको गीत, चलचित्र लगायतका विभिन्न ३१ विधामा अवार्ड केन्द्रित रहने बताइएको छ । कार्यक्रम आगामी जेठमा राजधानीमा सम्पन्न गरिने कार्यक्रम संयोजक पोखरेलले बताइन् । अवार्डमा सहभागी हुने सिर्जना २०७३ बैशाखदेखि चैत मसान्तभित्र प्रकाशित भइसकेको हुनुपर्नेछ ।

गीतसंगीतलाई नै केन्द्रविन्दुमा राखेर कला, संस्कृति र स्रष्टाहरुको हक अधिकारका  आवाज बुलन्द पार्दै आएको अनलाईन पत्रिका म्यूजिक खबरले आयोजना गरेको म्यूजिक अवार्डको यो छैटौं संस्करण हो । गीत संगीतको सरलीकरण आम श्रोतामा सहज पहुँच एवं राम्रा गीतसंगीतलाई प्रोत्साहित गर्न र नेपाली कला संस्कृतिको क्षेत्रमा गीत संगीतका माध्यमले थोरै भए पनि योगदान दिन सकियोस् भन्ने मूल उद्देश्यका साथ आयोजना गर्न लागिएको ‘छैटौं म्यूजिक खबर म्यूजिक अवार्ड–२०१७’ लाई भव्यताका साथ सम्पन्न गर्नका निमित्त सम्पूर्ण गीतसंगीत प्रेमी महानुभावहरु, गीत संगीत क्षेत्रमा क्रियाशील तथा कलाप्रेमीहरु तथा सञ्चारकर्मी साथीहरुलाई प्रचारप्रसारका माध्यमले एवं विभिन्न सहयोगका निम्ती म्यूजिक खबर डटकमले अनुरोध गरेको छ ।
गत वर्षहरुमा जस्तै यस वर्ष पनि गीतसंगीतको क्षेत्रमा आफ्नो जीवन समर्पण गर्दै आएका अग्रज संगीतकर्मीलाई दीर्घ साधना सम्मानबाट सम्मानित गरिनेछ भने बाल प्रतिभा, संगीत पत्रकार, डायस्पोरा सम्मानजस्ता सम्मानका कार्यक्रम गरेर स्रष्टाहरुलाई नयाँ सिर्जनाका लागि उत्प्रेरित गर्ने आयोजक संस्था म्यूजिक खबरले बताएका थियो ।